विदेश
काठमाडौं । भारतको राजधानी दिल्लीमा बसमा यात्रा गर्दा अपांगता भएका व्यक्तिहरूले भाडा दिन नपर्ने भएको छ ।
दिल्लीको राज्य सरकारको स्वीकृतिपछि दिल्ली ट्रान्सपोर्ट कर्पोरेसनले अपांगता हुनेलाई निःशुल्क यात्राको सुविधा दिने निर्णय गरे हफिङटन पोस्टले बिहीवार जनाएको छ ।
अपांगता भएका व्यक्तिसम्बन्धी ऐन, २०९५ अनुसार निःशुल्क यात्राको सुविधा दिने निर्णय गरिएको हो । निःशुल्क यात्राको सुविधा दिल्ली राज्यभित्रमात्र उपलब्ध हुने जानकारी सम्बन्धित अधिकारीलाई उद्धृत गर्दै पोस्टले दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २८, २०७३ ०९:०८
प्रतिक्रिया दिनुहोस्