site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतविरुद्ध अष्ट्रेलियाको जित 
Ghorahi CementGhorahi Cement

काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले भारतविरुद्धको तेस्रो तथा अन्तिम टि–ट्वान्टीमा जित निकालेको छ ।  अष्ट्रेलियाले तेस्रो टि–ट्वान्टीमा भारतलाई १२ रनको अन्तरले हराएको हो ।  सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको १८७ रनको फराकिलो लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १७४ रन बनायो । 

यसअघिको दुई सिरिजमा जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको भारत तेस्रो खेलमा भने पराजित हुन पुगेको हो ।  भारतका लागि विराट कोहलीले अर्धशतकीय पारी खेले । ६१ बल खेलेका उनले ४ चौका र ३ छक्काको सहयोगमा ८५ रनको योगदान गरे ।  त्यस्तै शिखर धावनले २८ रन बनाउँदा हार्दिक पाड्याले २० रनको योगदान गरे । बलिङतर्फ अष्ट्रेलियाका लागि मिहेल सोपसनले तीन विकेट लिए । त्यस्तै ग्लेन म्याक्सवेल, आन्द्रे टेय, सेन अबोट र आदम जाम्पाले समान एक–एक विकेट लिए । 

Agni Group

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८६ रन बनाएका थिए ।  अष्ट्रेलियाका लागि म्याथुज वेड र ग्लेन म्याक्सवेलले अर्धशतकीय पारी खेले । ५३ बल खेलेका वेडले ७ चौका र २ छक्काको सहयोगमा ८० रन बनाए ।  त्यस्तै ३६ बल खेलेका म्याक्सवेलले ३ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाए । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले २४ रनको योगदान गरे । 

बलिङतर्फ भारतका लागि वासिन्टन सुन्दरले दुई विकेट लिए । त्यस्तै टी नटराजन र शार्दुलले एक–एक विकेट लिन सफल भए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC