site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
केयूले लत्यायो सहमति
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले अनशनरत् विद्यार्थीसँग गरेको सम्झौता कार्यान्वयन नगरेको पाइएको छ । गएको कात्तिक २६ गते अनशनरत् विद्यार्थी र केयूबीच सातबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सहमतिबमोजिम यही मंसिर ७ गतेसम्ममा संयुक्त कार्यदल गठन गरी त्यसको १० दिन अर्थात् मंसिर १७ सम्म निष्कर्षमा पुग्नुपर्ने थियो । त्यसो नभएको अवस्थामा स्वतः ट्युसन शुल्कमात्र तिर्नुपर्नेलगायतका सहमति भएको हो ।

सहमतिपत्रमा कार्यदलमा अनशनरत् विद्यार्थीहरुमध्येबाट चारजनासम्मले प्रतिनिधित्व गर्ने,  हरेक स्कुलको छुट हुने र नहुने अतिरिक्त शुल्कको विस्तृत विवरण कारणसहित सार्वजनिक गर्ने, विद्यार्थीको अनलाइन कक्षा हुँदासम्मको समयावधिमा प्रयोगमा नआएका सुविधाको शुल्क मिनाहा गर्नेलगायत उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, सहमतिपत्र लत्याउँदै केयूले सूचना जारी गर्दै शुल्क तिर्न भनेको छ । २६औँ दीक्षान्त समारोहसम्बन्धी सूचनामा मंसिर १७ भित्रमा शुल्कसहित आवेदन फाराम बुझाउन भनिएको हो । शुल्क नतिरेमा ट्रान्सक्रिप्ट नपाइने भनेपछि विद्यार्थीले आत्तिएर तिरेको एक विद्यार्थीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

अनलाइनमात्र पढिरहेको अवस्थामा अतिरिक्त क्रियाकलापको शुल्क लिन नपाउने भन्दै विद्यार्थीले रिले अनशन गरेका थिए । त्यसमा प्राध्यापकहरुको पनि सहमति देखिन्छ । केयूलाई सोही सहमति सम्झाउँदै मंसिर १९ मा स्कुल अफ साइन्स संकाय, स्कुल अफ इन्जिनियरिङ संकाय, स्कुल अफ ल संकाय, स्कुल अफ म्यानेजमेन्ट संकाय र स्कुल अफ आर्ट संकायका प्रतिनिधिले संयुक्त विज्ञप्ति निकाले ।

Global Ime bank

केयूले सहमति पालना नगरे पछिल्लो सहमतिअनुसार ट्युसन शुल्कमात्र तिर्ने आन्दोलनरत् विद्यार्थीले जनाएका छन् । यसबारे केयूका पदाधिकारीसँग कुरा गर्न खोज्दा सम्पर्क हुनसकेन । सहमतिमै केयूका पदाधिकारीसँग कुरा गर्न कार्यदल गठन गरिएको थियो । सो कार्यदलमा अनशनरत् विद्यार्थीका प्रतिनिधि र विद्यार्थी कल्याण निर्देशनालयका प्रतिनिधि रहेका थिए ।

एक विद्यार्थीका अनुसार अनशनरत् विद्यार्थीसहित रहेको कार्यदलको बैठक दुईपटकमात्र बसेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC