site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जंगलमा हात बाँधेर घाँटी रेटेर हत्या गरिएकाे थियो शिक्षककाे
Sarbottam CementSarbottam Cement

काठमाडौं । मोरङमा आज बिहान शिक्षकको अपहरणपछि घाँटी रेटेर हत्या गरेको खुलेको छ । यसअघि उनको गोली हानी हत्या भएको बताइएको थियो । स्थानीयले प्रहरीलाई मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरेको प्रहरीलाई जानकारी गराएका थिए ।

त्यसैका आधारमा गोली हानी हत्या गरेको खबर सार्वजनिक भएको थियो । प्रहरी टोली घटनास्थल पुगेपछि घाँटी रेटेर मारेको पाइएको प्रदेश नम्बर १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जानकारी दिए । उनले भने, “हात बाँधेर घाँटी रेटेको पाइएको छ । गोली हानेर होइन रेटेरै हत्या गरेको देखिएको छ । अनुसन्धान जारी छ । घटनामा संलग्नको खोजीमा जुटेका छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी र आफन्तले हत्यामा प्रतिबन्धित विप्लव समूहको संलग्नताको आशंका गरेका छन् ।  श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक थिए । आज बिहानै चार–पाँच जनाको संख्यामा आएको समूहले श्रेष्ठलाई घरबाटै अपहरण गरेर लगेको थियो ।

उच्च प्रहरी अधिकारीका अनुसार विप्लव समूहविरुद्ध सुरक्षाकर्मीलाई सूचना दिएको भन्दै श्रेष्ठको अपहरणपछि हत्या भएको पारिवारिक स्रोतको भनाइ छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC