site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । रुसका राष्ट्रपति भ्ल्यादिमिर पुटिनले पहिले युक्रेनमाथि आतंकवादी हमलाको तयारी गरेको आरोल लगाउँदै ब्ल्याक सीमा युद्ध अभ्यासको घोषणा गरेपछि युक्रेनमा त्रास फैलिएको छ । 
रोयटरले जनाएअनुसार पुटिनले क्रिमियामा अशान्ति मच्चाउन युक्रेनले प्रयास गरेको आरोप लगाएका छन् । सन् २०१४ मा पुटिनले युक्रेनबाट खोसेर क्रिमियालाई रुसमा गाभेका थिए । पुटिनले युक्रेनविरुद्ध युद्धकालमा जस्तै चर्को आरोप लगाउन थालेकाले उनले पृथकतावादीलाई उकासेर युक्रेनमा अशान्ति मच्चाउने योजना बनाएको हुनसक्ने सन्देह गरिएको छ । रुसका उच्च सैनिक अधिकारीहरूको बिहीवार बसेको बैठकमा 'स्थल, जल र वायु सीमामा आतंकवाद प्रतिरोधी तयारी'को समीक्षा गरेका थिए । 
रोयटरका अनुसार युक्रेनले भने पुटिनका आरोपलाई अस्वीकार गर्दै त्यसलाई युक्रेनमाथि आक्रमण गर्न बनाइएको बहाना भनेको छ । युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले क्रिमियासँग सीमा जोडिएको र पूर्वी युक्रेनमा सुरक्षा सर्तकता बढाउन निर्देशन दिएका छन् ।
अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता एलिजाबेथ ट्रुडोले अमेरिकाले स्थितिलाई गम्भीरतापूर्वक नियालेको बताउँदै दुवै पक्षलाई संयमित हुन आग्रह गरेको बताएकी छन् । युक्रेनको अनुरोधमा राष्ट्र संघीय सुरक्षा परिषद्को बैठक बसेको थियो । बैठमा युक्रेनका प्रतिनिधिले रुसले ४० हजार फौज 'अत्यन्त गलत नियत'ले सीमामा तैनाथ गरेको आरोप लगाएको रोयटरले उल्लेख गरेको छ ।  
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २८, २०७३  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC