site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनाको खोप नजिक पुगेको चीनको सफलतालाई विगतको भ्रष्टाचार काण्डले पछ्याउँदैछ
Sarbottam CementSarbottam Cement

एजेन्सी । कोरोनाविरुद्धको खोप निर्माण गरिरहेको चिनियाँ कम्पनी, साइनोभ्याक आफ्नो उत्पादन बजारमा ल्याउन अत्यन्तै माहिर छ । यसअघि यही कम्पनीले २००३ मा सार्सविरुद्धको खोपका लागि सबैभन्दा पहिलो ट्रायल सुरु गरेको थियो भने २००९ मा स्वाइन फ्लुको खोप ल्याउने पनि यो पहिलो कम्पनी हो । 

र अहिले यही कम्पनीले निर्माण गरेको खोप अमेरिकी कम्पनी मोडेर्ना र फाइजर सँगसँगै परीक्षणको अन्तिम चरणमा पुगेको छ । साइनोभ्याकले विकासोन्मुख मुलुकहरु, ब्राजिल, टर्कीदेखि इन्डोनेशियासम्मलाई आफूले निर्माण गरेको कोरोनाभाइरसको खोप आपूर्ति गर्ने तयारी गरिरहेको छ । तर चिनियाँ औषध क्षेत्रमा विगत लामो समयदेखि रहँदै आएको पारदर्शीताको समस्याका कारण यतिखेर यो कम्पनीको विश्वसनीयता पूरै विश्वका लागि अधिक महत्वपूर्ण मुद्दा बन्न पुगेको छ । 

२००९ मा यसका प्रमुख कार्यकारी अधिकृतले चिनियाँ औषध निरीक्षकलाई आफ्नो उत्पादन स्वीकृत गराउन घूस दिएको अदालतको रेकर्डमा छ । कम्पनीका सीईओले निरीक्षणका अधिकारीले पैसा माग गर्दा त्यसलाई नकार्न नसकेको आफ्नो स्कारेका थिए । र अहिले यही विगतले कोरोना भाइरसविरुद्ध कम्पनीको सफलतालाई पनि ओझेलमा पार्न सक्ने चिन्ता बढेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

देशभित्र साइनोभ्याकको खोप हाल दोस्रो स्थानमा छ भन्न सकिन्छ किनकि त्यहाँ सरकारद्वारा स्वामित्व साइनोफ्रामको खोपलाई आपत्कालीन कार्यक्रम अन्र्तगत बढी प्रयोगमा ल्याइएको छ । त्यस्तै क्यानसिनो र सैन्य अनुसन्धान संस्थानले मिलेर बनाएको खोप पनि चिनियाँ सेनामा आपत्कालीन प्रयोगका लागि स्वीकृत भएको हो ।     
तर तिनीहरु भन्दा साइनोभ्याकको खोप विदेशी बजारमा अपनाइने सम्भावना बढी रहेको छ । 

अधिक ठूलो जनसङ्ख्या युक्त देश ब्राजिल र इन्डोनेशियाले आउँदा केही हप्तामै साइनोभ्याकको खोपलाई स्वीकृति दिन सक्ने बताइरहेका छन् । ब्राजिलस्थित साओ पाउलोका गर्भनर जोआओ डोरियाले त यसलाई देशमा परीक्षण भएको सबैभन्दा सुरक्षित खोप घोषणा गरेका हुन् । 

Global Ime bank

तर साइनोभ्याकले अहिलेसम्म यसको प्रभावकारीता सम्बन्धी कुनै डाटा सार्वजानिक गरेको छैन जसकारण यो खोपले मोडेर्ना र फाइजरले जसरी सफलतापूर्वक भाइरसबाट जोगाउन सक्छ सक्दैन भन्ने स्पष्ट भएको छैन । 

ती दुवै खोपको प्रारम्भिक नतिजामा ९० प्रतिशत भन्दा बढी प्रभावकारी भएको देखिएको थियो । 

यसरी विगतको घूसखोरी काण्डका बाबजुद अहिलेसम्म साइनोभ्याक आफ्नो उत्पादनको सुरक्षा सम्बन्धी भने कहिल्यै विवादमा आएको छैन । 

त्यससमय भ्रष्टाचार भएका बेलामा, स्वीकृत कुनैपनि उत्पादनमा खराबी भएको केही प्रमाण फेला परेको थिएन । तापनि स्वास्थ्यविद्हरुले यसको नैतिकताप्रति पूर्ण विश्वास गर्न नसकिने बताउँदै आएका छन् । 

न्युयोर्क युनिभर्सिटी लेनजोन मेडिकल सेन्टरका निर्देशक आर्थर केप्लन भन्छन्, “घूसखोरीको इतिहास भएको कम्पनीले अहिले कुनै डाटा प्रकाशित नगरि, अरु सहकर्मीहरुको समीक्षा बिना खोपबारे दाबी गर्नुले अवश्य पनि ठूलो शंका उत्पन्न गराउँछ ।” 

रोग जति ठूलो भएपनि अवस्था जति भयानक भएपनि कुनै समय अनैतिक कार्यमा संलग्न भएको कम्पनीको दाबीलाई अत्यन्तै सावधानी अपनाएर हेर्नुपर्ने हुन्छ । 

साइनोभ्याकको इतिहासले यतिबेला लगानीकर्ताहरुलाई त चिन्तामा पारि रहेको छ नै, यसका साथै विभिन्न देशका सरकारले पनि त्यस किसिमको विगत भएका कम्पनीले उत्पादन गरेको नयाँ खोपलाई प्रयोग गर्ने निर्णय गर्नु भनेको ठूलो जोखिम उठाउनु हुनेछ । साइनोभ्याकको सन्दर्भमा चाहिँ चिनियाँ मिडियाको सेन्सरका कारण यस सम्बन्धी चलेको कानुनी मुद्दाबारे विस्तृतमा जानकारी सार्वजानिक भएको छैन । 

२०१६ मा साइनोभ्याकका संस्थापक एवम् कार्यकारी अधिकृत यिन वेइदोङले २००२ देखि २०११ का बीच खोप निरीक्षण तर्फका अधिकारीलाई ८३ हजार डलरसम्म घूस दिएको स्वीकार गरेका थिए ।  यसको बदलामा उनी र उनकी पत्नीले साइनोभ्याकको खोप स्वीकृति प्राप्त गरेको बताएका हुन् । 
यति मात्र नभएर यही मुद्दामा पाँचवटा प्रदेशका अस्पताल सञ्चालक र २० जना सरकारी अधिकारीहरुले पनि साइनोभ्याकका कर्मचारीसँग अवैध लेनदेन गरेको स्वीकारेका थिए । 

यसबारे २०१७ मा साइनोभ्याकले कम्पनी भित्र आन्तरिक अनुसन्धान सुरु गरेको जानकारी दिएको थियो ।  कम्पनीले आफ्नो वार्षिक रिपोर्टमा भ्रष्टाचार विरुद्ध कडा नीति लागू गरेको जनाएको छ तर ती नीति पूर्ण रुपमा प्रभावकारी नहुन पनि सक्ने बताइएको छ ।  द पोस्टसँग कुरा गर्दै कम्पनीले विगतका मुद्दाहरु राम्ररी सम्हाल्न कानुनी प्रणालीलाई जिम्मा दिएको बताएको हो । 

चीनको औषध क्षेत्रमा लामो समयदेखि नै विभिन्न किसिमका भ्रष्टाचार र घूसखोरी हुँदै आएको छ तर अवस्था पहिले जति गम्भीर भने छैन ।  २००७ मा चीनले खाद्य सुरक्षा एवम् औषध विभागका प्रमुख जेङ जिआयुलाई मृत्यु दण्डको सजायँ दिएको थियो जुन पूरै उद्योगका लागि ठूलो चेतावनी थियो । यसपछि राष्ट्रपति जिनपिङले २०१२ मा अर्को ठूलो स्तरको भ्रष्टाचारविरुद्धको कार्यक्रम सुरु गरेका हुन् जसले पनि यस किसिमका घटना न्युनीकरण गरेको मानिन्छ । 

तर विभिन्न समस्याका वावजुद साइनाभ्याकले यत्तिका वर्षसम्म सामान्य रुपमै कारोबार गर्दै आएको छ । विगत्का घटनाले यसका सेयरहोल्डरलाई मात्र संघर्षरत् अवस्थामा पुर्याएको थियो । 

मेडिकल एथिक्स प्रोफेसर केप्लनका अनुसार साइनोभ्याकको इतिहासले केही सम्भावित ग्राहकलाई प्रभाव पार्न सक्छ तर कतिपय देशले अझैपनि साइनोभ्याककै खोप प्रयोग गर्न चाहनेछन् किनकि यसलाई फाइजर र मोडेर्नाको तुलनामा सहज रुपमा सामान्य तापमानमा स्टोर गर्न सकिन्छ । 

केप्लन भन्छन्, “संकटको समयमा, कुनै विकल्प नहुँदा हामीले जे पायो त्यो लिनैपर्ने हुन्छ , त्यसको इतिहास जतिसुकै शंकास्पद किन नहोस् ।  द वासिङटन पोस्टबाट 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC