site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसदीय समिति नाममात्रका, जनताको समस्यै सुन्दैन सरकार 
Sarbottam CementSarbottam Cement

विराटनगर । जनताका समस्या उठान हुने थलो संसद हो । जनप्रतिनिधिले जनताका समस्यालाई सोझै सरकारसमक्ष पुर्‍याउन संसदमा जनताको बोली बोल्छन् ।  तर, प्रदेश १ मा कोरोना संक्रमण र निर्माणाधीन संसद भवनलाई कारण देखाउँदै संसदको हिउँदे अधिवेशन बोलाउन चासो दिइएको छैन । 
संसद अधिवेशन नचल्दा सरकारलाई खबरदारी गर्ने ‘मिनी संसद’ भनिने संसदीय समिति पनि निष्कृय छन् । 

प्रदेश १ मा सातवटा संसदीय समिति छन् । तर, यिनको सक्रियता विगतदेखि नै हुन सकेको छन् । 

अहिले कोरोना महामारीका कारण स्वास्थ्य सेवाको सवालमा जनताले दुःख पाइरहेका भए पनि यस्ता पिरमर्का सरकारसम्म पुर्‍याउने माध्यम नै नहुँदा जनसरोकारका विषय ओझेलमा परेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश १ मा कहिले बोलाइन्छ संसद् बैठक ? 

“कानुनत एउटा अधिवेशनको अन्त्य भएको ६ महिनाभित्र बोलाउनु पर्ने प्रावधान छ,” प्रदेश १ प्रदेशसभा सचिवालयका प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले भने,“पहिलेको हल साँघुरो भएकोले हामीले कोरोना कहरबीच नै स्क्रिन शेयरिङ गरी दुईवटा हलमा बैठक गरेका थियौँ अब नयाँ भवन बनिरहेको छ । माघ ८ गते अगाडि नै निर्माण पूरा भयो भने नयाँमा चलाउछौँ नत्र स्क्रिन शेयर गरेरै भए पनि संसद बैठक बस्नेछ ।” 

Global Ime bank

पराजुलीले निर्माणाधीन संसदको भवन काम दु्रत गतिमा भइरहेको र पर्खाल उठाउनेसम्मको काम भइरहेको जानकारी दिए । 

अहिले रहेकै संसद भवनको अघिल्तिर ट्रस्ट हालेर प्रिफेबको भवन निर्माणको काम भइरहेको छ । तत्कालीन जिल्ला विकास समितिको भवनमा संसदको हल र कार्यालय सञ्चालनमा छ । 

लेखा समितिका सभापति शिवनारायण सिंह गन्गाइले कोरोना सुरु भएयता संसदीय समितिको बैठक बस्न नसकेको बताउँदै भने, “भर्चुअल रुपमा छलफल गर्दा भौतिक उपस्थिति भएर गरेजस्तो नहुने रहेछ । खासमा संसद नहुँदा संसदीय समिति सक्रिय हुनुपर्ने अपेक्षा भए पनि त्यो हुन सकेको छैन ।” 

उनले समितिहरुले जुन ढंग र गतिले काम गर्नुपर्ने त्यो अनुसार हुन नसेकेको र कोरोनाले समेत असर गरेको दाबी गरेका छन् ।  कोरोना कहरबीच हतार हतार प्रदेश १ सरकारको बर्खे अधिवेशन अन्त्य भएसँगै संसदीय गतिविधि लगभग शून्यप्राय बनेको छ । जनताको समस्या उठान हुने थलो नै निस्कृय बन्दा सरकारको गतिविधिसमेत सुस्त बन्न पुगेको विपक्षी दलका सांसदको भनाइ छ । 

प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारले आफ्ना कमजोरी लुकाउन संसद अधिवेशन डाक्न ढिलाइ गरेको बताउँदै भने,“संसदीय समितिको बैठक बोलाउन बारम्बार दबाब दिँदासमेत चासो दिइएको छैन ।”  कार्कीले प्रदेश सरकारको गतिविधि शून्य अवस्थामा पुगेकोले जनताले समेत विश्वास गर्न छाडेको आरोप लगाए । 

संसदमा विपक्षी दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फे संसद् अधिवेशन नहुँदा सरकारलाई खबरदारी गर्न नसकिएको बताइन् ।  भनिन्,“हामी विपक्षी दलले संसदको बैठक बोलाउन माग गरिरहेका छौँ । प्रमुख विपक्षी कांग्रेससहितका दलसँग छलफल भइरहेको छ । कोरोना बहाना बनाइ बैठक नबोलाउने काम भइरहेको छ ।” 

उनले सरकारले आफ्ना कमजोरी जनतामाझ उजागर हुने भयले समेत संसदको अधिवेशन बोलाउन ढिलाइ गरेर विपक्षीबाट उठ्ने प्रश्नलाई रोक्न अनि पेल्न ढिलाइ भएको बताइन् ।  फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC