खेल
काठाडौं । प्रिमियर लिग फुटबल अन्तर्गत आज (सोमबार) राति साउथह्यप्टनले ब्राइजटनसँग प्रतिस्पर्धा गर्दैछ । ब्राइजटनको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार १ः४५ सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै साउथह्यप्टनलाई शीर्ष पाँचमा उक्लने मौका छ । लिगमा १० खेल खेलेको साउथह्याप्टन १७ अंकसहित तालिकाको आठौं स्थानमा छ । पाँचौ स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडको १९ अंक छ ।
यता ब्राइजटन पनि आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा रहेको छ । लिगमा १० खेल खेलेको ब्राइजटन १० अंकसहित तालिकाको १६ औं स्थानमा छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७ १२:५८
प्रतिक्रिया दिनुहोस्