site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा रहस्यमयी रोगको अनुसन्धान हुँदै 
Sarbottam CementSarbottam Cement

बीबीसी । शनिबार र आइतबार भारतको आन्द्रप्रदेशमा एक अपरिचित स्वास्थ्य समस्याका कारण ३०० भन्दा धेरै बिरामी परेको र १४० बढी मानिस एकैपटक अस्पताल भर्ना भएपछि सरकारी अधिकारीहरुले यसबारे अनुसन्धान सुरु गरेका छन् । सबै बिरामीहरुमा वाकवाकी हुनेदेखि बेहोस् हुनेलगायत विभिन्न लक्षण देखिएको डाक्टरहरुले बताएका छन् । 

कोरोना महामारीका बीच मानिसहरु अर्को अपरिचित रोगले बिरामी परिरहँदा यसले अस्पतालको भार झन बढाइदिएको छ । स्थानीय मिडिया रिपोर्टका अनुसार भर्ना भएका ती सबै बिरामीहरुको कोरोना परीक्षण पनि गरिएको छ । तर सबैको नतिजा नेगेटिभ आएको छ । यसमा बिरामीको स्नायु प्रणालीमा पनि असर पुगेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एलुरु सरकारी अस्पतालका मेडिकल अधिकारीले द इन्डियन एक्सप्रेससँग भनेका छन्, “बिरामी पर्नेहरुमा विशेषगरी बालबालिका धेरै छन् । पहिले उनीहरुले आँखा पोलेको बताइरहेका थिए तर अचानक सबैलाई बान्ता हुन सुरु भयो अनि ती मध्ये कति त बेहोस् हुने अनि अचानक दिमागी झट्का महसुस गरेका हुन् ।”

तर, अस्पताल भर्ना भएका धेरै बिरामीहरु छिटै ठिक भइ डिस्चार्ज भएको पनि बताइएको छ । आन्द्र प्रदेशका स्वास्थ्य मन्त्रीका अनुसार तिनको रगतको स्याम्पलबाट अहिलेसम्म कुनै भाइरल संक्रमणको प्रमाण भेटिएको छैन । अधिकारीहरु सो क्षेत्रको अवलोकन गर्दा उनीहरुले वायु प्रदुषण या दूषित पानीका कारण यस्तो भएको हुन सक्ने अनुमान गरेका छन् । अहिलेका लागि यो रहस्यमयी समस्या भएको र ल्याब विश्लेषणपछि मात्र वास्तविकता पत्ता लाग्ने बताइएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC