site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नौ महिनापछि मैदान फर्किँदै क्रिकेट 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नौ महिना यता कुनै पनि प्रतियोगिता नभएको क्रिकेट अब सुरु हुने भएको छ । लामो समय मैदान बाहिर रहेका खेलाडीलाई मैदान प्रवेशका लागि ट्राइ–सिरिजको आयोजना गरिने भएको छ । वागमती क्रिकेट संघ र जिल्ला क्रिकेट संघ चितवनको अगुवाईमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र घरेलु क्रिकेट प्रतियोगिता उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीहरुले ट्राइ–सिरिजमा भाग लिनेछन् । 

चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना ग्राउण्डमा गौतम बुद्ध कप प्रतियोगिताको आयोजना हुने भएको हो । कोरोना भाइरसका कारण देशभर ठप्प बनेको क्रिकेट पुनः सञ्चालनमा आउने भएपछि खेलाडीहरु भने उत्साहित छन् । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ले पुनः क्रिकेट खेल सुरु हुने कुराले खेलाडीहरुलाई उत्साहित बनाएको बताएका छन् । उनले लामो समय खेलाडीहरुले कुन प्रतियोगिताबाट क्रिकेटको सुरुआत गर्ने र कसरी पुनः मैदान फर्कने भन्ने विषयमा अब सोच्नु पर्ने अवस्था नभएको बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“लामो समयपछि क्रिकेटमा फर्कने कुराले निकै उत्साहित बनाएको छ । यसले खेलाडीहरुलाई कुन प्रतियोगिता या कुन माध्यमबाट क्रिकेटमा फर्कने भन्ने कुराबाट पनि छुटकारा दिएको छ । हामी सबै प्रतियोगिताका लागि उत्साहित छौ,” मल्लले बाह्रखरीसँग भने । 

धुर्मुस–सुन्तली फाउन्डेसनको पहलमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानमा हाता भित्र रहेको नमुना मैदानमा कोरोना भाइरसको महामारीपछि पहिलो क्रिकेट प्रतियोगिता गौतव बुद्ध कप सञ्चालन हुने भएको हो । 

Global Ime bank

प्रदेश क्रिकेट संघ र जिल्ला क्रिकेट संघको सक्रियतामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । आउदो मंसिर २७ गतेबाट मंसिर ३० गतेसम्म प्रतियोगिता हुने छ । 

सहभागि खेलाडीहरुलाई तीन टिममा विभाजन गरि तीन टोलीको राउन्ड रोविन लिग पनि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतिगिताले खेलाडीलाई मैदान फर्काउने विषयसँगै निर्माणाधीन रंगशालाको लागि केही आर्थिक सहयोग पनि हुने कप्तान मल्लले बताए । 

प्रतियोगिताको फम्र्याट टि–ट्वान्टी हुने या एकदिवसीय हुने भन्ने कुरा मैदान र पिचको अवस्था हेरेर हुनेछ । 

प्रतियोगिताको आयोजनाको जिम्मेवारी क्विन्स इभेन्ट म्यानेजमेन्टले पाएको छ । प्रतिगिताका लागि आर्थिक सहयोग भने वागमती प्रदेश र भरतपुर उप–माहानगर पालिकाले गर्नेछन् । 

निर्माणाधीन मैदानको हाताभित्र निर्माण भइरहेको नमुना क्रिकेट मैदानमा तीन वटा पिच तयार पारिएको छ । ६० याड नाप रहेको मैदानलाई भविश्यमा प्रशिक्षणका लागि प्रयोग गरिने छ । 

गत बिहीबारदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका नेपाली खेलाडी प्रतियोगिताका लागि निकै उत्साहित छन् । प्रतियोगिताले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई पनि केही राहत मिल्ने छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC