site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
म्याग्दीको यातायात सेवा ठप्प
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
 
म्याग्दी। निरन्तरको वर्षा र पहिरोका कारण पहाडी जिल्ला म्याग्दीको यातायात सेवा ठप्प भएको छ ।
 
वर्षासँगै सडकमा पहिरो खस्ने, हिलो जम्ने र खोलामा बाढी आएकाले सदरमुकामदेखि ग्रामीण क्षेत्रलाई जोड्ने सडकमा यातायात सेवा बन्द भएको हो । सडकमा जिप, माइक्रोबस र ट्याक्सी गुड्न छाडेपछि ग्रामीण बस्ती सदरमुकामसँग यातायात सम्र्पकविच्छेद भएका छन् ।
 
बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–पाखापानीसहित सबै सडकमा सवारी आवागमन बन्द भएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका कार्यालय प्रमुख देवेन्द्र पौडेलले जानकारी दिए । सडक मर्मत गरिएपछि मात्रै सवारी सञ्चालन गर्न सकिने पौडेलको भनाइ छ ।
 
हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको दाना–३ तितर, बेगको तिप्ल्याङ तथा म्याग्दी र मुस्ताङको सीमा क्षेत्र काभ्रेभिरमा पहिरो खसेपछि तीन दिनदेखि अवरुद्ध छ ।
 
शुक्रबार दिउँसोदेखि अवरुद्ध भएको सडक खुलाउन हेभी इक्युपमेन्टको अभाव हुँदा मुस्ताङ जाने आउने तीर्थयात्री, पर्यटक र स्थानीयवासी बाटोमै अलपत्र परेको दानाका होटल व्यवसायी इन्द्रसिङ शेरचनले बताए ।
 
यसैगरी बेनी–दरवाङ सडक बाबियाचौर, तातोपानी, चुत्रेनी, दुखुखोला र डम्मरा खण्डमा हिलो, खोलामा पानीको सतह बढेको र पहिरो खसेका कारणले अवरुद्ध भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । बेनी–पाखापानी, बेनी–बरञ्जा, दरवाङ–मुना, दरवाङ–नराले, दरवाङ–ओखरबोटलगायतका ग्रामीण सडक पनि अवरुद्ध हुँदा खाद्यान्न, निर्माण सामग्री ढुवानी, कृषि उपज निकासी र सर्वसाधारणलाई आवतजावत गर्न समस्या भएको छ ।
 
यसैबीच बेनी बजारमा खानेपानी आपूर्ति गर्दै आएको बेनी खानेपानी उपभोक्ता संस्थाको पाइप फुटेपछि खानेपानी अभाव भएको छ । पुम्दीखोलाको पानी ल्याइएको पाइप क्याम्पसचोकमाथि पहिरोले भाँचेपछि बेनीमा खानेपानी आपूर्ति हुन सकेको छैन । बेनी–गलेश्वरखण्डमा पनि पहिरोले पाइपलाई क्षति पु¥याएको छ । पाइप मर्मत सुरु गरिसकेको बेनी खानेपानी उपभोक्ता संस्थाले जनाएको छ । रासस
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १९, २०७३  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC