site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 कांग्रेस जाग्नलाई ‘लछारपछार’ नै कुर्नुपर्ने हो ? 
Ghorahi CementGhorahi Cement

काठमाडौं । गृह जिल्ला तनहुँमा मोटरेवल पुलको उद्घाटन गर्न पुगेका कांग्रेसका नेता रामचन्द्र पौडेल बुधबार प्रहरीको नियन्त्रणमा तीनघण्टा बस्नुपर्‍यो । त्यो पनि शान्तिपूर्णरुपमा एक पुलको उद्घाटनमा जाने क्रममा । प्रहरीले गरेको दमन र दुर्व्यवहारको स्वयम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेताहरुले समेत विरोध गरेका छन् ।

नेकपाबाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले आफू निर्वाचित भएको क्षेत्रमा आफैँले पुल उद्घाटन गर्न पाउनुपर्छ  तर त्यही क्षेत्रबाट पराजित रामचन्द्र पौडेलले होइन भन्ने तर्क गरेपछि सक्रिय भएका सत्तारुढ नेकपाका कार्यकर्ता विरोधमा उत्रिए ।
पौडेललाई अवरोध गर्ने कोसिस गरे । सत्ताको आडमा स्थानीय प्रशासनले निषेधाज्ञा नै जारी गर्नुपर्‍यो ।  

प्रमुख जिल्ला अधिकारी र प्रहरीले सत्ताको सेवा गर्ने अवसर पाए, पुल उदघाटनकोसमय अगावै निषेध आदेश जारी गरेर । पौडेललाई रोक्न नेपाल प्रहरीमात्रै नभएर सशस्त्र प्रहरी पनि देखियो । पौडेललाई लछारपछार गर्दै नियन्त्रणमा लिइयो । पौडेलमाथि भएको दुर्व्यवहार, भ्रष्टाचार र सरकारको कामकारवाहीका बारेमा कांग्रेसले मंसिर २९ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय पदाधिकारी र पूर्वपदाधिकारी बैठकले शुक्रबार नै गरेको छ ।

Agni Group

प्रमुख जिल्ला अधिकारी र प्रहरीले कहिले निषेध आदेशको उल्लङ्घन गरेका कारण त कहिले पौडेलकै सुरक्षाका लागि गिरफ्तारी गर्नुपरेको तर्क गरे ।

तर सरकारका तर्फबाट कुनै प्रतिक्रियासमेत आएन । कांग्रेस नेताहरु पौडेलमाथिको लछारपछार, गिरफ्तारी र स्थानीय तहका निर्णयमा सांसदको हस्तक्षेपविरुद्ध एकसाथ सक्रिय भए । काठमाडौंबाट केही नेताहरु रातारात तनहुँ पुगे । भोलिपल्ट पौडेलले नै पुल उद्घाटन गरे ।
त्यसपछि कांग्रेसले चुनावकै बेला पनि गर्न नसकेको आमसभा तनहुँमा गर्‍यो । सरकारका कमीकमजोरीप्रति तिखा टिप्पणी लगातार सार्वजनिक भइरहे ।     

Global Ime bank

देशमा भ्रष्टाचार, अनियमितता, बेथितिले शिखर चुमेर नागरिक निराश हुँदा ‘प्रतिपक्ष भनेको सडकका रेलिङ तोड्ने र संसदका कुर्सी फोड्ने होइन, हामी शालिन ढंंगले विरोध गरिरहेका छौँ’ भन्ने कांग्रेसको शालिनताको सीमा तनहुँ घटनाबाट तोडियो । 

बर्दिबासमा छ वर्षीयामा बालिका गुलाब्सा खातुनको बलात्कारपछि हत्या भयो । हत्याविरुद्ध प्रदर्शन गर्दैगर्दा ४२ वर्षीय बुद्धिराज न्यौपानेको प्रहरीको गोलीबाट निधन भयो । हत्याको विरोध गर्दैगर्दा अर्को हत्या हुँदासमेत कांग्रेसले त्यसलाई राष्ट्रिय चासोको विषय बनाउन सकेन । 

महामारीको महासंकटमा सरकारले ओम्नीजस्ता कम्पनीसँगको सेटिङमा करोडौँ अनियमिताा गरेको भन्दै प्रश्न उठे । सरकारले त्यसको तार्किक खण्डनसमेत गर्न सकेको छैन । तर, प्रतिपक्षी कांग्रेस त्यसमा विज्ञप्ति जारी गरेपछि आफ्नो सम्पूर्ण जिम्मेवारी पूरा भएझैँ मस्त निदायो । 

सेकुरिटी प्रेस खरिद प्रकरणमा तत्कालीन संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भयो । त्यसमा पनि कांग्रेस विज्ञप्ति जारी गर्नमै सीमित भयो । अझ सञ्चार मन्त्रालयमा बाँस्कोटाले राजीनामा दिएकै दिन अख्तियारका नाममा छापा मारेर सबै कागजात गायब बनाइयो । पछि अख्तियार छापा मार्न नगएको खुलासा हुँदा पनि प्रतिपक्षले त्यसलाई आम चासोका विषयका रुपमा स्वीकार गरेन या त गर्न जरुरी नै ठानेन ।

यति हुँदाहुँदै पनि कांग्रेस सभापति निकटका केही नेताहरू नेकपा फुटाएर पनि पार्टीमा जाने सपना देखिरहेका थिए ।

तर तनहुँ घटनाले कांग्रेस बल्ल ब्युँझिएको छ । सरकारका गलत क्रियाकलापविरुद्ध आफ्नै नेतालाई लछारपछार गरेपछि मात्रै देखिएको छ ।

कांग्रेसका तनहुँ पूर्वसभापति ध्रुव वाग्लेले कांग्रेसको अहिलेको अवस्थाका बारेमा टिप्पणी गर्दै भनेका छन्, “कम्युनिष्ट सरकार बनेको तीनवर्ष भइसक्दा कांग्रेस नेताहरुलाई सत्ता बाहिर छु र हुन सक्छु भन्ने चेत खुलेकै छैन, कार्यकर्ताहरु राजनीतिक पार्टीका स्वयम्सेवी होइन, एनजीओका कर्मचारीजस्तै भएका छन् ।”
त्यही कांग्रेस तनहुँमा मात्र नभएर देशभर नै कमजोर भएको उनको भनाइ छ । 

वाग्लेले भनेकै हालतमा छ कांग्रेस अहिले । कांग्रेसका सभापति शेरबहादुर देउवा जनताका आवाज सुन्न कार्यकर्तामाझ होइन, आफन्तका पद बचाउन र मौका मिले सत्तामा जाने बाटो बनाउन बालुवाटार धारइरहेका बेला पौडेलमाथि आक्रमण भएको थियो ।

पौडेललाई पनि आफूलाई लछारपछार नगरुन्जेल लागेकै थिएन–सरकारका गलत क्रियाकलापविरुद्ध जाग्ने बेला भयो । तर केही कांग्रेसका युवाहरु भने सरकारले सुरुदेखि गरेका गलत क्रियाकलापका विरुद्ध आवाज उठाइरहेका थिए । आफ्नै पार्टीले सुन्न नसकेको आवाज सरकारले के सुनोस् !

त्यसो भए कस्तो कांग्रेस चाहिएको हो त ? कांग्रेस नेता पौडेल भन्छन्, “जनताका सानाभन्दा साना समस्या बुझ्ने कांग्रेस चाहिएको हो ।  जनतासँगै बसेर समस्या समाधान गर्ने कांग्रेस चाहिएको हो ।”

बुधबारको धरपकड र दुर्व्यवहारपछि भने कांग्रेसमा केही नयाँ तरंग सिर्जना भएको छ । तर यसले एउटा प्रश्न भने उठाएको छ– कांग्रेस जाग्नलाई नेतालाई लछारपछार गर्नैपर्ने हो ?
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  ०८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC