site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रोहिंग्या शरणार्थीको स्थानान्तरणप्रति राष्ट्रसंघद्वारा असन्तुष्टि व्यक्त
Ghorahi CementGhorahi Cement

संयुक्त राष्ट्रसंघ । बङगलादेशको कोक्स बजार वरपर रहेका रोहिंग्या शरणार्थीलाई दवावमा पारी बङ्गालको खाडी नजिकको एक टापूमा सार्न लागेको भन्दै संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ । 

“हामीले शिविरहरूबाट प्राप्त रिपोर्टहरूमा केही शरणार्थीहरू भसन चार टापूमा बसाइँ सर्न दबाब महसुस गरिरहेको बताइएको छ । स्थान परिवर्तनको बारेमा शरणार्थीहरूको प्रारम्भिक दृष्टिकोण परिवर्तन भएको छ र अब बसाइँ सर्न चाहेको छैनन्,” राष्ट्रसंघ प्रमुख महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन दुजारिकले भने । 

Agni Group

उनले भने, “यदि उनीहरूले स्थानान्तरणका लागि अनिच्छा प्रकट गरेका हुन् भने उनीहरूलाई कोक्स बजारको शिविरहरूमा बस्न दिइनु पर्दछ ।”

बङ्गलादेशमा करीब १० लाख रोहिंग्या शरणार्थीहरूलाई आयोजना गर्ने उदारताको प्रसंशा गर्दै शरणार्थीलाई स्थानान्तरणका लागि दवाव दिन नहुने दुजारिकले बताए ।  

Global Ime bank

बङ्गलादेशले भसन चार टापूमा करिब एक लाख शरणार्थी राख्ने योजना अन्तर्गत करिब एक हजार ६०० व्यक्तिलाई त्यसतर्फ पठाइसकेको छ ।

स्थानान्तरण गर्ने टापू सामुद्रिक सतहबाट कम उचाइमा रहेको र त्यहाँ बाढी र डुवानको बढी सम्भावना रहने र स्वास्थ्य सेवा प्रबाहमा कठिनाइ हुने भनी मानवअधिकारवादी समूहले बङ्गलादेश सरकारको योजनाको विरोध गरिरहेका समय राष्ट्रसंघको यो भनाइ आएको हो । रासस/सिन्हवा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC