site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शिक्षाका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रपतिको आग्रह
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै  सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न  आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज भएको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र शिक्षासचिव गोपीनाथ मैनालीसँग चालु आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएका शिक्षासम्बन्धी विषयको कार्यान्वयनका अवस्थाका बारेमा जानकारी लिई सो अनुरोध गरेकी हुन् । 

सो अवसरमा शिक्षामन्त्री पोखरेलले शिक्षाका नीतिगत विषय र भावी दिनमा शिक्षालाई नागरिकको ज्ञान, सीप र चरित्र निर्माणका दिशातर्फ अभिमुख गराउन आवश्यक रहेको बताएका थिए । सचिव मैनालीले नीति तथा कार्यक्रममा उल्लिखित मूलभूत विषय र हाल सञ्चालन भइरहेको वैकल्पिक प्रणालीको सिकाइ कार्यक्रमलगायत विषयमा प्रकाश पारेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७  १९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC