site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
योभन्दा बढी सहन सक्दैनौँ : रामचन्द्र पौडेल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार प्रतिगमनतर्फ उन्मुख रहेको भन्दै अब योभन्दा धेरै सहन नसक्ने बताएका छन् । आफूमाथि भएको प्रहरी दमन सरकारी नीति अन्तरगत नै भएको उनको निष्कर्ष छ । 

“जता पनि विपक्षीलाई दमन गर्ने, अरुको अस्तित्व स्विकार नगर्ने देखियो । सरकारले दमनकारी बाटो लियो । यो सरकार सर्वत्ताबादको बाटोतर्फ जान लाग्यो । यो एउटा घटना मात्रै होइन । यस्ता घटना गाउँगाउँमा जिल्लाजिल्लामा घट्दै आएका थिए,” नेता पौडेलले बाह्रखरीसँग भने, “यसले अहिले पराकाष्टा लियो, जव की मलाई हातहाल्यो । योभन्दा बढी हामी सहन सक्दैनौं । देशलाई हेर्दाहेर्दै प्रतिगमन र सर्वसत्ताबादतिर लान खोजियो । यसलाई रोक्नु कांग्रेसको कर्तब्य हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

पौडेलले सरकारलाई सचेत गराउन एकदिने बिरोध कार्यक्रम राखिएको बताए । 

उनले पार्टीको पहिलो बैठकबाट आन्तरिक कुरालाई टुङ्ग्याएर अधिवेशनका विषयमा पनि छलफल गर्ने जानकारी दिँदै त्यसपछि विरोधका सशक्त कार्यक्रमलाई अघि बढाउने बताए । 

Global Ime bank

सरकारमा रहेका बेला देशलाई कम्युनिष्ट चरित्रमा लैजानुपर्छ भन्ने मानसिकताबाट सरकार अघि बढेको बताएका पौडेलले यसको पहिलो चरण तनहुँमा देखिएको स्पष्ट पारे । पूर्ण नियन्त्रण गर्ने शैली सरकारले देखाएको उनको आरोप छ । 

प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रप्रति प्रतिबद्ध नरहेको भन्दै पौडेलले ओलीलाई व्यवाहारले आफू लोकतन्त्रबादी भएको पुष्टि गर्न चुनौती दिए । “दैखाउँदैनन् भने लोकतन्त्रप्रति प्रतिबद्ध छैनन् । मैले भनेको सही हो,” उनले अगाडि थपे, “कम्युनिष्टहरुले नेपाली जनतालाई शब्दको प्रयोग गरेर धेरै झुक्याए । शब्दमा एउटा छ, व्यवाहारमा अर्कै छ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC