site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 ओली पक्षको जोड– दुईचार दिन बैठक धकेलौं, दुई अध्यक्षबीच सहमति खोजौं
Ghorahi CementGhorahi Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालयका बहुमत नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा आउने दिएको समयसीमा भोलि सकिँदैछ । अर्थात्, नेकपा सचिवालयको बैठक भोलि (शनिबार) दिउँसो एकबजे सचिवालयको बैठक बस्दैछ । सचिवालय बैठकको पूर्वसन्ध्यामा ओलीपक्षका नेताहरूको दौडधुप बाक्लिएको छ । सँगै राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय भएकी छन् । पदीय मर्यादा भुलेर पार्टीको विवादमा प्रविष्ट भएको भन्दै टिप्पणी पनि भइरहेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत नेताहरूले भोलिको बैठकमा उपस्थित नभएर विधानको धारा ६० अनुसार बैठक अघि बढाउनुपर्ने र अनिर्णयको बन्दी बनाउन नहुने बताउँदै आएका छन् । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले ओली भोलिको बैठकमा पनि अनुपस्थित भएर विधि–पद्धतिअनुसार निर्णय गरेर अघि बढ्ने बताउँछन् ।

तर, ओली पक्षको जोड अझै दुईचार दिन बैठक धकेल्ने पक्षमा देखिन्छ । ओलीनिकट नेताहरूले प्रचण्ड निवास खुलमटार जाउआउ बाक्लो बनाएका छन् । प्रचण्डलाई कन्भिन्स गर्ने उनीहरूको प्रयत्न जारी छ ।

Agni Group

बिहीबार बिहान ईश्वर पोखरेलले प्रचण्डलाई भेटेर दुई अध्यक्ष मिल्नुपर्नेमा जोड दिए । “पार्टीभित्र जुनखाले सङ्कट सिर्जना भएको छ, यसबारे सोच्नुहोस् भनेर आग्रह गरेँ,” पोखरेलले बाह्रखरीसँग भने, “अहिले जे भइरहेको छ, बेठीक भइरहेको छ । दुईजना अध्यक्ष बसेर सल्लाह गर्नुहोस् । बेठीक भएका कुराहरूलाई सच्याउनुहोस् ।”

जवाफमा अध्यक्ष प्रचण्डले सहमतिमा जान आफू तयारै रहेको बताएको पोखरेलको जिकिर छ । “सहमतिमै जानुपर्छ, ठीक छ भनेर जवाफ दिनुभयो,” पोखरेल भन्छन् ।

Global Ime bank

यता संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि कुलिङ पिरियड अझै लम्ब्याउनुपर्ने बताउँछन् ।  “हामी मिलाउनुपर्छ भनेर त्यही कोसिसमा छौं,” उनी भन्छन्, “आज ईश्वर पोखरेलले संवाद गर्नुभयो । विष्णु पौडेलले पनि संवाद गरिराख्नुभएको छ ।”

भोलिको बैठक रोक्ने कि नरोक्ने भन्ने निष्कर्ष ननिस्किइसकेको बताउँदै उनी थप्छन्, “हेरौं, दुईजना अध्यक्ष र सचिवालयलाई मैले पहिलेदेखि भन्दै आइरहेको छु । अनावश्यकरूपमा हतार नगरौं । पार्टी एकताको पक्षमा माहौल सिर्जना गर्न आवश्यक गृहकार्य गर्न, नेताहरूको बीचमा छलफल गर्न समय चाहिन्छ भने त्यो पनि लिउँ । मैले कुलिङ पिरियड त्यसै भनेको होइन । नेताहरू भेट्नेबित्तिकै झगडा गर्न थालिहाल्छन् । यो राम्रो भएन ।”

मङ्सिर ३, १३ भन्दा अलिकति सकारात्मक परिस्थिति निर्माण भएको बताउँदै उनले अझ राम्रो बनाउनका लागि सबैजनाले भूमिका खेल्नुपर्ने बताए । ओलीनिकट अर्का नेता पनि भोलिको बैठक रोकेर सहमति खोज्नुपर्ने धारणा राख्छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC