site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इरानले परमाणु गतिविधिलाई बढावा दिने कानुन ल्याउँदै 
Sarbottam CementSarbottam Cement

बीबीसी । इरानले संयुक्त राष्ट्र संघका निरीक्षकहरुलाई आफ्ना परमाणु क्षेत्रको निगरानी गर्न रोक लगाउँदै परमाणु गतिविधिलाई बढावा दिने किसिमको कानुन संसदमा पारिद गरेको छ । यो नयाँ नियम अन्र्तगत सरकारले २० प्रतिशतसम्म युरेनियम संवर्धन गर्न पाउने अनुमति दिएको हो जसलाई यसअघि २०१५ को आणविक सम्झौतामा ३.६७ प्रतिशतसम्म सिमित गरिएको थियो । 

२०१५ को सो सम्झौतामा इरानले आफूमाथि जारी आर्थिक प्रतिबन्ध खुकुलो पार्ने शर्तमा परमाणु गतिविधि सिमित गर्ने र अन्तर्राष्ट्रिय निरीक्षकहरुलाई पनि आउन दिने भएको थियो । तर गत शुक्रबार देशका प्रमुख परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको रहस्यमयी हत्या पश्चात् इरानका सांसदहरुले यो नयाँ कानुन पारिद गरेका छन् । इरानले सो घटनामा इजरायल र निर्वासित विपक्षी समुहको हात भएको हुन सक्ने बताइरहेको छ । उनीहरुले रिमोट कन्ट्रोल मार्फत फखरीजादेहमाथि हमला गरेको इरानको आरोप छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि इरानका राष्ट्रपति हसन रोहानीले यो कानुन पारिद भएमा यसले कुटनीतिक क्षति पुर्याउने हुनाले आफू यसको समर्थनमा नभएको बताएका थिए । 

इरान सरकारले आफूहरुको परमाणु गतिविधि शान्तिपूर्ण भएकामा जोड दिँदै आएको छ । तर २०१० मा यसले आणविक गतिविधिका कार्यक्रम मार्फत ‘न्युक्लियर बम’ बनाइरहेको शंकास्पद खबर बाहिरिएपछि संयुक्त राष्ट्र संघ, अमेरिका र युरोपेली युनियनले यसमाथि प्रतिबन्ध जारी गरेका हुन् । र २०१५ मा इरानले तिनै प्रतिबन्ध खुकुलो बनाए वापद् आणविक कार्यक्रमलार्ई  सिमित गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । तर २०१८ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई सम्झौताबाट बाहिर निकाल्दै इरानमाथि झन कडा प्रतिबन्ध जारी गरेका हुन् जसपछि इरान र अमेरिकाबीच ठूलो तनाव उत्पन्न भएको थियो । 

Global Ime bank

त्यसैले अहिले इरानले सम्झौतामा सहभागी युरोपेली राष्ट्रहरुलाई दुई महिनाको अन्तिम समय दिएको छ जसमा आर्थिक प्रतिबन्ध खुकुलो नपारे आफूहरुले २० प्रतिशतसम्म युरेनियम संवर्धन गर्न सुरु गर्ने बताएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC