बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
केपी ओली फुटतर्फ अग्रसर हुनुभयो : उपाध्यक्ष गौतम
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, मंसिर १८, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले केपी ओली फुट र विभाजनतर्फ अग्रसर भएको बताएका छन् । बिहीबार निवासमा भेट्न आएका युवा विद्यार्थीसँगको कुराकानीमा नेता गौतमले यस्तो बताएका हुन् । उपाध्यक्ष गौतमले बैठकमा दुईजना अध्यक्षको छुट्टाछुट्टै दस्तावेज पेस भएको बताउँदै ती प्रस्तावहरू छलफलद्वारा टुङ्गो लगाइने बताएका थिए । 

“प्रधानमन्त्री ओली बैठकमै नआउने, बैठक बहिष्कार गर्ने यो कम्युनिस्ट विधि, आचरणअनुसार भएन । उहाँ बैठकमा आउनुपर्छ । बैठकमा छलफल गर्नुपर्छ । आफ्नो मत राख्नुपर्छ । अरूका कुरा पनि सुन्नुपर्छ,” उपाध्यक्ष गौतमको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बाह्रखरीसँग भने ।

Agani Group

ओलीलाई बैठकमा भाग्न, बहसबाट भाग्न छुट नभएको उपाध्यक्ष गौतमको निष्कर्ष थियो । पार्टी मिलाउनु पर्ने तर मिल्ने दिशातिर नगएको भन्दै भेटमा उपाध्यक्ष गौतमले चिन्तासमेत व्यक्त गरेका थिए । उनले अहिलेको गत्यावरोधको कारक ओलीनै भएको बताएका थिए ।

 “प्रधानमन्त्रीको शैली हेर्दा पार्टी मिलाउनुपर्छ । एकता बचाउनुपर्छ भन्ने छैन,” उपाध्यक्ष गौतमले युवा–विद्यार्थीलाई भनेका थिए, “सङ्कटकाल लगाउने, संसद् विघटन गर्नेतर्फ उहाँ लाग्नुभएको छ ।”

sarbottam cement

 पार्टीमा सबैलाई मिलाएर लैजान भूमिका खेल्नुपर्नेमा ओली अर्को बाटो हिँड्न खोजेको गौतमको आरोप थियो ।

 फुटबाट जोगाउनका लागि छलफल शुरु गरेका छन् । गौतम निवास भैसेपाटीमा मंसिर १८ गते नेता गौतमले युवा विद्यार्थीसँग छलफल गरेका हुन् ।

गौतम निवासमा तामाङका अतिरिक्त तिलकराज भण्डारी, पञ्चा सिंह, विजय पौडेल, दिपेश पुन, माधव पन्त, सुदीप शर्मा, दीपक बुढाथोकी, कमल ढुंगाना, गोविन्द श्रेष्ठ, डा. निश्चल गुप्ता, नरेश न्यौपाने, समित थापा, दिनेश लो, सुमन आचार्य, सञ्जिव देवकोटा, केदार बुढाथोकी, सुरेश पराजुली र ओसिम अलामलगायत विद्यार्थी नेताहरू छलफलका लागि पुगेका थिए ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, मंसिर १८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्