site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीनिकट नेता भन्छन्– दुई अध्यक्ष सहमतितिर अघि बढ्नुभयो
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०भित्र विग्रह संस्थागत हुने क्रममा छ । विभाजनको आधार तयार पार्ने क्रममा छ ।

बुधबारको बैठक निर्णायक परिघटना बन्दै थियो । निर्णायक यसर्थ कि आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कामविशेषका कारण उपस्थित हुन नसक्ने अघिल्लै दिन बताइसकेका थिए ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्य बैठक नराखी नछाड्ने अठोटमा रहेकाले नेकपा दुर्घटनाको डिलमा थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

स्रोतका अनुसार ओलीनिकट केही नेताहरू दुईचार दिन बैठक धकेल्ने पक्षमा लागेका थिए । त्यसको अग्रपंक्तिमा थिए– महासचिव विष्णु पौडेल ।

दुईचारदिन बैठक पर धकेल्न सके परिस्थिति चिसिने उनीहरूको आंकलन थियो । संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत नेताहरूले पनि भूमिका खेलिरहेका थिए ।

Global Ime bank

बुधबार बिहानै महासचिव विष्णु पौडेलले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई एकघण्टा बैठक सार्न मनाएको स्रोतको जिकिर छ । महासचिव पौडेल, नेम्वाङलगायत नेताहरूले बैठक केहीबेर स्थगित गरे प्रधानमन्त्री पनि उपस्थित हुने बताएपछि प्रचण्ड राजी भएका थिए ।

“हामीले बैठक एकघण्टा रोक्न गरेको आग्रह स्वीकार गरेपछि केही दिन स्थगित गरेर दुई अध्यक्षबीच अनौपचारिक संवादको वातावरण बनाउँ भनेपछि प्रचण्ड तयार हुनुभएको हो,” ओलीनिकट स्रोत जिकिर गर्छ, “कात्तिक २५ गतेयता दुई अध्यक्षबीच संवाद शून्यको अवस्था छ । त्यसले पनि धेरै कुरा बिगारिरहेको छ । आज बैठक रोकिएपछि दुई अध्यक्षबीच सहमतिको सम्भावना बढेको छ ।”

नेकपा संसदीय दलका नेता सुवास नेम्वाङ केही अपवादलाई छाड्ने हो भने सिङ्गो पार्टी पंक्ति एकताको पक्षमा उभिएको बताउँछन् । पार्टी एकताको भावना बलशाली हुँदा आजको बैठक स्थगित भएर संवादको वातावरण तयार पार्न लागेको उनको भनाइ थियो ।

उनले दुई अध्यक्षबीच संवाद सुरु होस् भनेर दुई–चारदिन कुलिङ पिरियड लिएको पनि जानकारी दिए । यसले पार्टीभित्र संवादको वातावरण पुनः सुरु गर्ने विश्वास लिएको पनि बताए ।

तर, वरिष्ठ नेता झलनाथ खनाल यो मान्न तयार छैनन् । उनले सचिवालयमा पेस भएका दस्तावेज प्रधानमन्त्रीसँग सम्बन्धित भएकाले उनको उपस्थितिमा बैठक बस्न कठिनाइ भएकाले थप तीनदिन समय दिइएको जानकारी दिए ।

“सचिवालयमा प्रस्तुत भएको दस्तावेज प्रधानमन्त्रीसँग सम्बन्धित छन्,” उनी भन्छन्, “त्यसो हुनाले प्रधानमन्त्रीको उपस्थितिमा यी विषयमा छलफल गर्नु राम्रो कुरा हो । उहाँको अनुपस्थितिमा छलफल गर्दा त्यति राम्रो म्यासेज जाँदैन । अतः आजको बैठकले सर्वसम्मतिले केपी ओलीलाई सकेसम्म बैठकमा उपस्थित गराउँ, बरु उहाँलाई अलिकति समय दिऊँ, अरू कमरेडहरूले पनि कुराकानी गरौँ भन्ने निर्णय भएको हो ।”

उनले अर्को बैठकमा ओली अनुपस्थित भए बैठकले प्रक्रियामा गएर भए पनि निर्णय गर्ने जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  २०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC