site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनएमबि बैंकलाई ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ अवार्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनएमबि बैंकलाई दि फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ बाट सम्मानित गरेको छ । उक्त सम्मान बैंकले विगत चार वर्षमा तेश्रौं पटक प्राप्त गरेको हो ।

बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामीण भेगमा शाखा सञ्चालन गरि १२ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । बैंकले आफ्नो कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरु नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य वृद्घि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री भएर फरक मूलधारको बैंकको रुपमा स्थापना गर्न सफल भएको बैंकले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बैंक ग्लोबल अलाइन्स फर बैंकिङ्ग अन भ्यालुजको नेपालमा एक मात्रै “क”वर्गको सदस्य वाणिज्य बैंकको रुपमा रहनुका साथै नेपालमा दिगो मूल्य मान्यतामा आधारित बैंकिङ्ग सेवाको प्रवर्धनमा लागि परेको जनाएको छ । जसकारण बैंकलाई अन्तर्राष्ट्रिय संस्था पाटनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सीयल्सको स्टिअरिङ्ग कमिटिको सदस्य बैंकको रुपमा एबीएन अम्रो, मोरगन स्नेनले जस्ता संसारकै उत्कृष्ट बैंकहरुका साथ साझा एजेन्डामा काम गर्ने मौका प्राप्त भएको जनाएको छ । 

एनएमबि बैंक विदेशी लगानीकर्ता संस्थाहरुका लागि नेपाली वित्त बजारमा लगानी गर्नका निम्ति सबैभन्दा बढी रुचाइएको बैंक रहेको दाबी गरेको छ । जसको फलस्वरुप बैंक कठिन समयमा पनि मुलुकभित्र उल्लेख्य वैदेशिक लगानी भित्र्याउन सफल भएको जनाएको छ । 

Global Ime bank

बैंक अफ दि इयर उपाधिले विश्वव्यापी रुपमा उत्कृष्टतालाई परिभाषित गर्दछ । यसका विजेताहरुलाई बैंकको वित्तीय क्षमता प्रदर्शन, शेयरधनीलाई दिइने प्रतिफल, ग्राहकहरुको हितका लागि गरिने पहलहरु जस्ता मापदण्डहरुबाट मूल्याङ्ककन गरिन्छ । 

विगत चार वर्षमा बैंकलाई तेस्रो पटक यो सम्मान प्राप्त भएको हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  २०:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC