काठमाडौं । वैदेशीक रोजगारीमा जानेहरुले कल्याणकारी कोष र बीमाको रकम इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् । वैदेशीक रोजगारमा जाँदा इसेवा खाता भएका व्यक्तिले सिधै इसेवाबाट भुक्तानी गर्न सक्नेछन् भने इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्ने जनाइएको छ । सन् नेपाल लाइफ इन्स्योरेन्स्ले जारी गर्ने वैदेशीक रोजगार म्यादी बीमाको इसेवामार्फत भुक्तानी गर्न सकिने जनाइएको छ ।
यस्तै कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुबै किसिमको भुक्तानी गर्न सकिन्छ । आफैले वा आफ्नो साथीभाइको मद्दतबाट रोजगारको अवसर खोजी श्रम स्विकृती लिने प्रक्रियामा भएका व्यक्तिले इसेवाबाट व्यक्तिगत रुपमा कल्याणकारी कोषमा रकम बुझाउन सक्नेछन् । यसैगरी रोजगारका लागि विदेश गइसकेका र पुनः सोही ठाउँमा जान भिसा नवीकरण गर्ने व्यक्तिले पनि व्यक्तिगत रुपमा अनलाइन फारम भरी इसेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सक्ने जनाइएको छ ।