site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रहरी नियन्त्रणबाट बाहिर आएपछि पौडेलले भने– लोकतन्त्र अपमानित भएको छ
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका कांग्रेस नेता रामचन्द्र पौडेल रिहा भएका छन् । तनहुँमा आज दिउँसो कार्यकर्तासहित नियन्त्रणमा लिइएका नेता पौडेललाई रिहा गरिएको हो । रिहा भएपछि नेता पौडेलले लोकतन्त्र अपमानित भएको बताएका छन् । “आज जे भइरहेको छ । यसको देशभर विरोध भइरहेको छ,” उनले कार्यकर्ता र सञ्चारकर्मीहरुलाई संबोधन गर्दै भनेका छन् ।  उनले आफूलाई लाठीले पेलेर बोल्नै नसक्ने बनाएको जानकारी दिएका छन् । 

वरिष्ठ नेता पौडेलसँगै कांग्रेस तनहुँका कार्यबाहक सभापति जितप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । 

Agni Group

पुलको उद्घाटन गर्न जाने क्रममा तालघारीबाट पौडेलसहितका नेतालाई फिर्ता गरेर सदरमुकाम ल्याइएको थियो । पौडेललाई प्रहरीले जबर्जस्ती नियन्त्रणमा लिइएको थियो । पौडेलले फेसबुक स्टाटस लेखेर आफूलाई प्रहरीले हिरासतमा लिएको जनाएका थिए । 

झडप हुनसक्ने भन्दै तनहुँमा जिल्ला प्रशासन कार्यालयले मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी सागर न्यौपाले निषेधाज्ञा जारी गर्नुपूर्व दमौलीमा नेकपा तनहुँ र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन र नाराबाजी गरेको भन्दै निषेधाज्ञा जारी गरेको बताएका थिए ।

Global Ime bank

व्यास नगरपालिकामा मोटरेबल पूल निर्माण भएको र त्यसको उद्घाटन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने भनेपछि विवाद सुरु भएको थियो । 

पौडेल पक्राउ परेपछि सरकारको चौतर्फी आलोचना भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC