site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेश–१ मा ९२ संक्रमित थपिए, ५० जना डिस्चार्ज
Ghorahi CementGhorahi Cement

विराटनगर । प्रदेश १ मा बुधबार ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २६, सुनसरीमा २१, मोरङमा र इलाममा २०–२०, धनकुटा र उदयपुरमा २–२ र पाँचथरमा  १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

झापाको मेचीनगरमा ६, बाह्रदशीमा ५, बिर्तामोडमा ४, भद्रपुर, शिवसताक्षी, कनकाई र दमकमा २–२, अर्जुनधारा, कचनकवल र हल्दिबारीमा १–१, सुनसरीको धरानमा १६, इटहरीमा २, रामधुनी, गढी र इनरुवामा १–१, विराटनगरमा १३, सुनबर्षी र मिक्लाजुङमा २–२, उर्लाबारी, कटहरी र बेलबारीमा १–१ जना, इलामको इलाम नगरपालिकामा १७, माइजोगमाईमा २ र सुर्योदयमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

Agni Group

उता, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा १ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ५३३ पुगेको छ । प्रदेश १ मा आज ५० जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट ४३, मेची अस्पतालबाट ६ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ४२७ पुगेको छ ।

प्रदेश १ मा आज ४९५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९२ हजार ७५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC