site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओलीलाई बैठकमा आउन तीन दिनको समय, नआए बहुमतबाट निर्णय  
Ghorahi CementGhorahi Cement

काठमाडौं । आन्तिरक किचलोमा रुमल्लिएको सत्तारुढ  नेकपा सचिवालय बुधबार केहीबेर मात्रै बस्यो । दिउसो १ बजेका लागि निर्धारण गरिएको बैठक प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली व्यस्तताको कारण एक घण्टा धकेलिएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक सहमतिमा नै सारिएको थियो। तर ओली उक्त बैठकमा उपस्थित भएनन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सञ्चालन गरेको बैठकमा ओलीबाहेक ८ जना सदस्यहरु उपस्थित भए । सचिवालय बैठकको माग गर्दै बहुमत सदस्यले बुझाएको पत्र,  त्यसको जवाफमा ओलीले बुझाएको पत्र, प्रचण्डले बुझाएको प्रस्ताव र प्रधानमन्त्रीले त्यसको जवाफमा बुझाएको ३८ पेजको जवाफी दस्ताबेज छलफलको एजेन्डामा थियो ।

गत कात्तिक २२ गते प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक डाक्न माग गर्दै ओलीलाई पत्र बुझाएका थिए । ओलीले कात्तिक २५ गते पत्र लेखेर जवाफ दिएका थिए । त्यसको प्रत्युत्तरमा प्रचण्डले २८ गते अर्को पत्र बुझाएका थिए । त्यसको जवाफमा मंसिर १३ गते सचिवालय बैठकमा ओलीले अर्को ३८ पृष्ठको दस्तावेज पेश गरेका थिए । ओली र प्रचण्डको दस्ताबेजमा मंगलवार नै समान्य छलफल प्रारम्भ भएको थियो।

Agni Group

ओलीलाई तीन दिने अल्टिमेटम

मंगलबारको बैठक उक्त एजेन्डामा प्रवेश गरेन । अर्को बैठकमा प्रधानमन्त्री ओलीलाई उपस्थित गराउन पहल गर्ने र त्यसका लागि समय दिने कुरामा सबै सदस्यले एक मतले निर्णय गरेको एक सचिवालय सदस्यले जानकारी दिए । ओलीको उपस्थितिमा नै बहस गर्दा विवेकपूर्ण हुने ती नेता सुनाउछन् । बैठकले ओलीलाई बैठकमा आउन तीन दिने अल्टिमेटम पनि दिएको छ।

Global Ime bank

"सबै कुरा प्रधानमन्त्रीसँग सम्बन्धित छन् । उहाँको अनुपस्थितिमा छलफल गर्दा राम्रो नहुने स्थिति देखियो । आजको बैठकले केपी ‌ओलीलाई सकेसम्म बैठकमा उपस्थित गराउँ । त्यसका लागि बरु समय दिऔं भनेर भन्नुभयो," ती सचिवालय सदस्य भन्छन्, "अरुले पनि छलफल गरौँ । उहाँ अर्को बैठकमा आउनेगरी वातावरण तयार पारौँ । उहाँ आउनै नसक्ने हुनुहुँदो रहेछ भने बेग्लै भयो । नभए बैठकमै उपस्थित गराएर बहस र छलफल गरौं । यो पार्टीको विकेकपूर्ण कुरा पनि हुन्छ। त्यसैले बैठक हामी केही समय लिएर गरौं भनेर एक मतले निर्णय भयो।"

बुधबारको बैठकले तीनवटा निर्णय पनि गरेको छ।

"बैठक भव्य रुपमा सम्पन्न भयो । हामीले सकेसम्म प्रधानमन्त्रीलाई बैठकमा उपस्थित गराउने, २० गते १ बजे सचिवालय बैठक बस्ने र २१ गते स्थायी १ कमिटी बैठक बस्ने महत्वपूर्ण निर्णय गरेका छौं, " ती सदस्यले भने।

यसअघि स्थायी कमिटी बैठक १८ गतेका लागि निर्धारण गरिएको थियो । तर सचिवालय बैठकमा ओली उपस्थित नभएपछि स्थायी कमिटी प्रभावित भएको छ । बैठक तीनदिनपछि धकेलिएको छ।

ओली नआए पार्टी अघि बढ्छ

ओलीलाई तीन दिनको समय दिँदा पनि बैठकमा उपस्थित नभए पार्टी विधानअनुसार अघि बढ्ने ती नेता बताउँछन्। "२० गते पनि अध्यक्ष ओली आउनु भएन भने पार्टी अघि बढ्छ। पार्टीले निर्णय गर्छ । प्रक्रियाबाट अघि बढ्छौं। बहुमतबाट निर्णय हुन्छ, " उनले निष्कर्ष सुनाए ।

तर, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ओली बैठकमा नआए के गर्ने भन्ने सोच्ने बेला नआएको बताए । उनले अर्को बैठकमा ओली आउने अपेक्षा व्यक्त गरे।  मंगलबारको बैठकमा ओलीले १० दिन सचिवालय बैठक रोक्न माग गरेका थिए । तर,  बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने र प्रचण्डको प्रस्तावमाथि छलफल गर्नुपर्ने अडान लिएका थिए। सो क्रममा ओलीले यस्ता बैठकको कुनै औचित्य नभएको पनि बताएका थिए ।

"एक अध्यक्षको अनुपस्थितिमा बैठक बसेको भए झनै गम्भीर खालको स्थिति सिर्जना हुन सक्थ्यो। कि तँ छैनस् कि म छैन भन्ने  स्थितिबाट अघि बढ्दा पार्टी फुटतिर नै जाने खालको परिस्थित बन्न सक्थ्यो । थप गृहकार्य सहमति गरेर मात्रै बैठक बसौँ भन्ने कुराले बैठक स्थगित भएको हो, " उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC