site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यसरी नियन्त्रणमा लिइयो रामचन्द्र पौडेललाई (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेलसहितका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेता पौडेलले भने आफूलाई प्रहरीले हिरासतमा लिएको जनाएका छन् । पौडेल अहिले पनि प्रहरी नियन्त्रणमै छन् । वरिष्ठ नेता पौडेलसँगै कांग्रेस तनहुँका कार्यबाहक सभापति जितप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् ।

एक पुलको उद्घाटन गर्न जाने क्रममा तालघारी भन्ने स्थानबाट पौडेलसहितका नेतालाई फिर्ता गरेर सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ । नेकपाका कार्यकर्ताले उनलाई अवरोध गर्न सक्ने भएकाले प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । अहिले पनि नेता पौडेलसहितका नेतालाई प्रहरीले नियन्त्रणमै राखेको नेता स्वकीय सचिव अधिकारीले जानकारी गराए ।

पौडेललाई प्रहरीले जबर्जस्ती नियन्त्रणमा लिइएको थियो । पौडेलले फेसबुक स्टाटस लेखेर आफूलाई प्रहरीले हिरासतमा लिएको जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

के हो विवाद ?

यसैबीच झडप हुनसक्ने भन्दै तनहुँमा जिल्ला प्रशासन कार्यालयले मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरेको थियो ।  प्रमुख जिल्ला अधिकारी सागर न्यौपाले निषेधाज्ञा जारी गर्नुपूर्व दमौलीमा नेकपा तनहुँ र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन र नाराबाजी गरेको भन्दै निषेधाज्ञा जारी गरेको बताएका थिए ।

Global Ime bank

व्यास नगरपालिकामा मोटरेबल पूल निर्माण भएको र त्यसको उद्घाटन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने भनेपछि विवाद सुरु भएको थियो । नेकपाले कांग्रेसका नेतालाई पुल उद्घाटन गर्न नदिने भन्दै प्रदर्शन गर्‍यो ।  नेकपा तनहुँका अध्यक्ष केदार सिग्देलले कांग्रेसले जबर्जस्ती गर्न खोजेको भन्दै विरोध प्रदर्शन गरिएको जनाएका छन् । 

 

नेकपाको प्रदर्शनपछि प्रशासनले विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “तनहुँ जिल्लामा नेपाली कांग्रेस समेतको सहभागितामा २०७७ मंसिर १७ गते व्यास नपा वडा नं. १ र १०, ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन गर्न लागेकोमा पूर्वाधार विकास कार्यालय तनहुँको च.न. १६७ मिति २०७७ मंसिर १८ को पत्रबाट उक्त उद्घाटन कार्यक्रम स्थगन गरिदिन अनुरोध भएको छ ।”

जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेता पनि राष्ट्रिय युवा संघ तनहुँलगायतले विरोध प्रदर्शन, पर्चा, पम्पलेट र गतिविधिको निगरानी गर्दा झडप हुनसक्ने सम्भावना विश्लेषण गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

उनका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिकाको वडा नं. १ र १० मा राजमार्गमा चल्ने सवारी बाहेक गल्फुबेसी, बुुल्दीखोला पुल, घाँसीकुवा सहितका क्षेत्रमा ५ जना भन्दा बढि व्यक्ति भेला हुन नपाउने र भेला भएको खण्डमा स्थानीय प्रशासन ऐन बमोजिम कारवाही हुने आचार्यले जानकारी दिए ।

यता, कांग्रेसले भने पूर्व निर्धारित कार्यक्रम नरोकिने जनाएको थियो ।साेही अनुसार पाैडेल पूल उद्घाटनका लागि जाँदै थिए । वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय प्रशासनले फट्याईँ गरेको आरोप लगाएका थिए ।

नियन्त्रणमा लिनुअघि आफू पुल उद्घाटन कार्यक्रमस्थलतर्फ हिँडेको र आफूले कुनै झुटमुठको विज्ञप्ति नमान्ने बताएका थिए ।

बाह्रखरीसँगको कुराकानीमा उनले भनेका थिए, “स्थगित गर्ने र नगर्ने कुनै कारण र औचित्य नै छैन । यो पञ्चायतको मण्डलेतन्त्र फेरि फर्केर आएको देखिन्छ । हिजो हामीलाई रुख रोप्न लाग्दा पनि हामीलाई पिट्ने मान्छे आज तीनै हुन । आज पुल उद्घाटन गर्दा कुन शान्ति भंग हुन्छ, कुन विकास रोकिन्छ, कुन जनतलाई पीडा हुन्छ ? कुन देशलाई नोक्सान हुन्छ ?” उनले प्रश्न गरे, “हामी पुलको उद्घाटन गर्छौैँ । यो सबै झुटा हो, तँ रोएजस्तो गर, म कुटेजस्तो गर्छु भनेजस्तो हो । यो सबै नाटक रचिएको हो । केही मान्छेलाई मोटरसाइकल कुदाउन लगाएर प्रशासनले बेइमानी गर्दैछ । झुटमुठको विज्ञप्ति मान्दिन म । यो फट्याईँ हो ।”

भिडियो  : प्रकाश अधिकारीको फेसबुकबाट
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC