काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज (बुधबार) राति प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले समूह चरणको पाँचौ खेल खेल्दैछ । पीएसजीले फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग प्रतिस्पर्धा गर्दैछ । युनाइटेडको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १ः४५ मा सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा हुनेछन् ।
आजको खेलमा जित निकाल्दै युनाइटेड अघिल्लो चरण प्रवेश गर्ने योजनामा छ । लिगमा चार खेल खेलेको युनाइटेड ९ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । आजको खेलमा जित निकाल्न सकेमा युनाइटेडले १२ अंक सहित आफूलाई अन्तिम १६ मा पुगाउने छ । यता पीएसजी पनि आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशका लागि आफ्नो दावेदारी प्रस्तुत गर्ने योजनामा रहेको छ ।
लिगमा चार खेल खेलेको पीएसजी ६ अंक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।