काठमाडौं । जर्मन क्लब बोरोसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज (बुधबार) समूह चरणको पाँचौ खेल खेल्दैछ । टर्डमण्डले इटालियन क्लब लाजियोसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
टर्डमण्डको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ः४५ मा सुरु हुनेछ । आजको खेलमा डर्टमण्ड जित निकाल्दै अन्तिम १६ मा आफ्नो स्थान बनाउने योजनामा हुनेछ ।
लिगमा चार खेल खेलेको डर्टमण्ड ९ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । आजको खेलमा जित निकाल्न सकेमा डर्टमण्डले नकआउट चरणमा आफूलाई उभ्याउने छ ।
यता, लाजियो आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशका लागि आफ्नो सम्भावना बलियो बनाउने योजनामा हुनेछ । लाजियो चार खेल खेल्दै ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।