site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इङ्ल्यान्डद्धारा दक्षिण अफ्रिकाविरुद्धको सिरिज क्लिन स्विप 
Sarbottam CementSarbottam Cement

एजेन्सी । घरेलु टोली इङ्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्धको टि–ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । यसअघिका दुई खेलमा सहज जित निकालेको इङ्ल्यान्डले अन्तिम खेलमा पनि जित निकाल्न सफल भएको छ । 

सिरिज अन्तर्गत मंगलबार राति भएको अन्तिम तथा तेस्रो खेलमा दक्षिण अफ्रिकालाई नौं विकेटले पराजित गर्दै घरेलु टोलीले सिरिज ३–० ले जितेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

न्युल्यान्ड क्रिकेट मैदानमा दक्षिण अफ्रिकाले जितका लागि दिएको १९२ रनको लक्ष्य इङ्ल्यान्डले १७ ओभर ४ बलमा मात्र एक विकेट गुमाएर १९२ रन बनाउन सफल भयो । 

इङ्ल्यान्डका लागि डेविड मलानले नट आउट ९९ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ११ चौका र ५ छक्काको सहयोगमा ९९ रनको योगदान गरे । 

Global Ime bank

त्यस्तै जोस बट्लरले पनि नट आउट अर्धशतकीय पारी खेले ४६ बल खेलेका उनले ३ चौका र ५ छक्काको सहयोगमा ६७ रन बनाउन सफल भए । 

बलिङतर्फ आरिच नोर्टेजले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर १९१ रन बनाएको थियो । 

दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले अविजित रहदै ७४ रनको अर्धशतकीय पारी खेले । पाहुना टोलीका लागि फाप डु प्लेसिसले अविजित ५२ रनको अर्धशतकीय पारी खेले ।

बलिङतर्फ इङ्ल्यान्डका लागि बेन स्टोक्सले दुई विकेट लिए । त्यस्तै क्रिस जोर्डनले एक विकेट लिए । टि–ट्वान्टी सिरिजमा डेविड मलान प्लेअर अफ दी सिरिज चुनिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC