site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीमै अन्याय ! जसलाई १८ महिनाअघि नै आईजीपी प्रतिष्पर्धामै रोकियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । डीआईजी विश्वराज पोखरेल एआईजीमा बढुवाका लागि सिफारिस भएसँगै भावी आईजीपीको दौडमा समकालीनको यात्रा करिब टुंगिएको छ । सोमबार साँझ बढुवा समितिको बैठकले डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । योसँगै भावी आईजीपीमा अरु प्रतिस्पर्धीको बाटो बन्द भएको हो ।

प्रहरीमा थप गरिएको एउटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेल सिफारिसमा परेका हुन् । नेपाल प्रहरीको इतिहासमा १८ महिनाअघि नै आईजीपीको लगभग टुंगो लागेको सम्भवतः यो पहिलो घटना हो ।

अब प्रहरीमा पोखरेलसहित जनपदतर्फ चार एआईजी हुनेछन् । अरु तीन एआईजीहरु हरिबहादुर पाल, निरज शाही र प्रद्युम्न कार्की हालका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीकै ब्याची हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी प्रमुख क्षेत्रीको कार्यकाल १९ वैशाख २०७९ सम्म छ । उनीसँगै तीनजना एआईजीले पनि सोही मितिदेखि अनिवार्य अवकाश पाउनेछन् । यस्तोमा पोखरेल आईजीपीको निर्विकल्प एकल प्रतिस्पर्धी हुन सक्नेछन् । ‘चेन अफ कमान्ड’मा चल्ने प्रहरी संगठनमा राजनीतिक चलखेल नयाँ विषय भने होइन ।

डीआईजी पोखरेल उपप्रधानमन्त्री ईश्वर पोखरेलका नातेदारसमेत हुन् । उनलाई आईजीपी बनाउनकै लागि गृहमन्त्री र आईजीपीलाई समेत थाहा नदिएर एआईजीको दरबन्दी थप गरिएको चर्चा छ ।  एआईजीमा पोखरेलको ब्याचबाट एकल बढुवाले अन्यको कार्यसम्पादनमा समेत नकारात्मक असर गर्नसक्ने प्रहरी अधिकारीको चिन्ता छ ।

Global Ime bank

अन्तिम समयसम्म गृहमन्त्री रामबहादुर थापा थपिएको एआईजी दरबन्दीबारे रुष्ट रहेको गृहस्रोत बताउँछ । तर, उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीको ‘पावर’ लगाउँदै एआईजीमा आफूले चाहेको पात्रलाई बढुवा गरेको कतिपयको ठहर छ । डीआईजी सुशील भण्डारीको काभ्रेमा सवारी दुर्घटनामा निधन भएपछि उनलाई तत्कालीन रक्षामन्त्री पोखरेलकै दबाबमा १९ वैशाख ०७६ मा एसएसपीबाट डीआईजीमा बढुवा गरिएको थियो । जबकि, पोखरेलभन्दा सिनियर ब्याचका अरु एसएसपी थिए । तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समेत पोखरेललाई डीआईजी बनाउन नसकिने अडान लिएका थिए ।

प्रहरी निरीक्षक, डीएसपी र एसपी हुँदा वरीयतामा पोखरेल अगाडि थिएनन् । तर, एसपीबाट एसएसपी हुँदा उनी अस्वाभाविकरुपमा १ नम्बरमा आए । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन । तर, प्रतिस्पर्धाका आधारमा नेतृत्व छानिने प्रहरीमा एकजनालाई मात्रै एआईजी बनाउँदा अरु प्रतिस्पर्धीको आईजीपीको सम्भावना समाप्त भएको छ । यसले उनीहरुको मनोबलमा समेत प्रत्यक्ष प्रभाव पारेको छ । जसको असर सिंगो प्रहरी संगठनमा पर्नेछ ।

वर्तमान आईजीपी क्षेत्री स्वयं एआईजी थप्ने पक्षमा नरहेको बताइन्छ । पछिल्लो निर्णयले उनलाई समेत नैतिक संकटमा पारेको छ ।  पोखरेलको ब्याचका सहकुल थापा, धिरजप्रताप सिंह, वसन्त लामा, रवीन्द्र धानुक, उत्तमराज सुवेदी हाल डीआईजी छन् । उनीहरु सबैलाई भावी आईजीपीको प्रतिस्पर्धीको रुपमा हेरिएको थियो ।

थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), सिंह प्रदेश नम्बर—२, लामा वाग्मती प्रदेश, धानुक लुम्बिनी र सुवेदी सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुख छन् । प्रहरीकै एक उच्च अधिकारी भन्छन्, “उनीहरु सबै व्यावसायिक प्रहरी अधिकृत थिए । पोखरेल डीआईजीमै १ नम्बरमा थिए । यस्तोमा उनी एआईजी नभएपनि आईजीपीका बलिया दाबेदार थिए । तर, आईजीपी बनाउनकै लागि एआईजीको दरबन्दी सिर्जना हुँदा त्यसको असर अन्य डीआईजी र संगठनमै परेको छ ।”

एकै ब्याचका सबैलाई पछि पारेर एकजनालाई मात्रै १८ महिनाअघि नै अगाडि बढाउँदा त्यसको प्रभाव सकारात्मक नहुने पूर्वप्रहरी अधिकारी बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC