site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जब ओलीले भने यस्ता बैठकको के काम...
Ghorahi CementGhorahi Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मङ्गलबारको सचिवालय बैठक तिक्तापूर्णरूपमा टुङ्गिएको छ । बैठकको सुरुमा बोल्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्ताव ‘छलफल गर्न आवश्यक छैन’ भनेपछि बैठक चर्काचर्कीमा परिणत भएको स्रोतको जिकिर छ ।

“बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्रीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई के छन् आजको कार्यसूची भनेर सोध्नुभयो,” एक सचिवालय सदस्य भन्छन्, “प्रचण्डले मेरो प्रस्ताव, तपाईंको जवाफ आदि त हुन् भनेपछि प्रधानमन्त्री कड्किँदै तपाईंको प्रस्ताव बैठकको एजेन्डा बन्न सक्दैनन् । तपाईंले वितरण गर्नुभएको पत्र गालीगलौज हुन् । कुण्ठा हुन् । ईर्ष्या, द्वेष र लाञ्छनामात्रै हुन् । तथ्यहीन आरोप र भ्रमको पुलिन्दा हुन् । तपाईंको प्रस्ताव फिर्ता भएपछि मात्रै बैठक अघि बढ्छ, नभए अघि बढ्दैन ।”

सचिवालयमा प्रक्रियागत ढङ्गले पेस भएको प्रस्ताव छलफल नै गर्नुहुँदैन भनेपछि प्रचण्ड आक्रोशित बनेका थिए । उनले अरू सचिवालय सदस्यले जे भन्छन् त्यही गर्नुपर्छ भनेर ओलीलाई जवाफ फर्काएको स्रोतको जिकिर छ ।

Agni Group

“तपाईंले प्रस्तावमाथि छलफल हुन्छ कि हुँदैन भनेर हुँदैन,” प्रचण्डको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, “अरू सदस्यहरूले जे भन्नुहुन्छ । त्यही हुन्छ ।”

बैठकमा विष्णु पौडेलबाहेक सबै सदस्यहरूले प्रचण्डको प्रस्तावमाथि छलफल गर्नुपर्ने राय राखेको स्रोतको भनाइ छ ।  महासचिव पौडेलले अध्यक्षको प्रस्ताव छलफल गर्नुपर्छ पनि भन्दिनँ, गर्नुहुन्न पनि भन्दिनँ भन्दै बीचमै बस्न चाहेको सचिवालय सदस्य बताउँछन् ।

Global Ime bank

वरिष्ठ नेता झलनाथ खनालले सहमति, सहमति भनेर रटान लगाउनुको सट्टा, विधि, पद्धतिअनुसार पार्टी र निर्णय प्रक्रिया अघि बढाउनुपर्ने बताएका थिए । “सहमति अन्डरस्टुड कुरा हो,” खनालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “सधैँ सहमति खोजेर बस्न सकिँदैन । पार्टीको विधि, पद्धतिअनुसार अघि बढ्नुपर्छ ।”

वरिष्ठ नेता माधवकुमार नेपाल पनि मङ्गलबारको बैठकमा चर्कोरूपमा प्रस्तुत भएका थिए । उनले पार्टीभित्र देखिएको अहिलेको अन्तरविरोध मित्रतापूर्ण नै रहेको बताएका थिए । तर, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरिँदैछ भन्ने हल्ला पिटाएर परिस्थिति उत्तेजित बनाएको नेता नेपालको भनाइ थियो ।

नेता नेपालले अहिले कसैले आरोप लगाएकै भरमा र कसैले चाहेकै भरमा पार्टी विभाजन हुन नसक्ने, त्यसको आधार पनि तयार पार्न नसक्ने बताएका थिए । उनले कदाचित् पार्टी विभाजन भइहाले पूर्वएमाले र माओवादी केन्द्र भएर पनि नफुट्ने बताएको ती सचिवालय सदस्यको भनाइ छ ।

ईश्वर पोखरेल र रामबहादुर थापा बादल पनि प्रचण्डको प्रस्तावमाथि छलफल गर्नुपर्ने पक्षमै उभिएका थिए । बादलले छलफल गर्नुपर्छ भनेर अडान लिए । पोखरेलको पनि त्योभन्दा फरक प्रकृतिको मत थिएन । उनले छलफल गर्दा के फरक पर्छ र भनेर बहुमत सचिवालय सदस्यकै मतलाई साथ दिएको स्रोत बताउँछ ।

उपाध्यक्ष वामदेव गौतमले अनौपचारिक, औपचारिक छलफलको माध्यमबाट सचिवालय बैठकमा आएका प्रस्ताव, विचार, पत्र, धारणा आदिलाई किनारा लगाउनुपर्ने बताएका थिए । छलफल नै गर्नुहुँदैन भन्ने मानसिकता त्याग्न ओलीलाई सुझाव पनि दिएका थिए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सचिवालयमा उठेका जति पनि विषय छन् ती सबैलाई छलफलबाट नै टुङ्गो लगाउन सुझाव दिएको स्रोतको भनाइ छ ।

प्रचण्डलाई ओलीको प्रश्न– पार्टीको लेटरप्याड दुरुपयोग किन गर्नुभयो ?

मङ्गलबारको बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई पार्टीको लेटरहेड दुरुपयोग गरेको आरोप लगाएका थिए । सचिवालयमा विचाराधीन रहेको विषयलाई तल्ला कमिटीमा लैजाने नाममा प्रचण्डले पार्टीको छाप, लेटरप्याड दुरुपयोग गरेकाले कारबाहीको भागिदार हुनुपर्ने धारणा राखेको स्रोतको भनाइ छ ।

“केन्द्रीय कार्यालयमा नाम र लोगो प्रयोग गरेर जुन पुस्तिका छाप्नुभएको छ । यो पार्टीको विधान, पद्धति र अनुशासनविपरीतको काम हो,” ओलीको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, “कसको निर्णय, कसको अनुमतिले छाप्नुभयो । यो तपाईंको निजी पार्टी त होइन । पार्टीको निर्णयबेगर पार्टी कार्यालयका तर्फबाट भनेर पार्टीको लोगो प्रयोग गरेर कसरी छाप्न सक्नुभयो ? तपाईंलाई किन कारबाही नगर्ने ?”

पार्टीलाई विखण्डन र सर्वनासतिर लैजान खोजियो

आजको बैठकमा प्रधानमन्त्री निकै कडारूपमा प्रस्तुत भएको सचिवालय सदस्य बताउँछन् । आफूले बारम्बार तयारी गरेर, योजनासहित छलफल गर्न आग्रह गरेको तर पार्टी अध्यक्ष प्रचण्डसहितको समूहले त्यसलाई अस्वीकार गरेको उनको आरोप थियो ।

“आवश्यक तयारी गरेर, व्यवस्थित प्रस्ताव तयार गरेर पार्टीलाई अगाडि बढाउनेगरी बैठक गरौं भन्दै आएको छु,” ओलीको भनाइ उद्धृत गर्दै ती नेता भन्छन्, “तपाईंहरू पार्टीलाई विखण्डन र सर्वनासतिर लैजान खोजिरहनुभएको छ । यसढङ्गले बैठक गर्नुको औचित्य पनि छैन । तपाईंहरूलाई त्यहीँ जानु छ भने बैठक किन गरिरहनुहुन्छ । पार्टीको पहिलो अध्यक्षको नाताले पार्टी एकता, जनताको जनादेशलाई जोगाउन सामर्थ्यले भ्याएसम्म कोसिस गरिरहेको छु । तर, तपाईंहरू यो सबै चिजलाई भत्काएर समाप्त पार्ने चलखेलमा हुनुहुन्छ ।”

प्रधानमन्त्रीले प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरूको गतिविधिको सूचना पाएको र त्यो सबै अध्ययन गर्दा पार्टी विभाजनको निम्ति तयारी हालतमा देखिएकोसमेत बताएका थिए । “तपाईंहरू विखण्डन, विभाजन र सर्वनासतिर जाने चलखेलबाट फिर्ता हुनुस्,” ओलीले बैठकमा भनेका थिए, “गुटबन्दीबाट फिर्ता दिनुस् । नत्र बैठकको के औचित्य ?”

दसदिन बैठक स्थगित गर्न माग

प्रधानमन्त्री ओलीले दसदिन बैठक रोक्न माग गरेका थिए । दसदिन अनौपचारिक छलफल, संवादका माध्यमबाट विवादलाई साँघुर्याउने र त्यसपछि मात्रै बैठक गर्नुपर्ने उनको विचार थियो । तर, अरू सदस्यहरूले त्यसमा कडा आपत्ति जनाएको सचिवालय सदस्य बताउँछन् । त्यसपछि ओलीले बैठकमा आउँदिन भनेर भनेको सचिवालयका नेताहरू भन्छन् ।

“बैठकलाई निरन्तरता दिने हो भने भोलि मेरो फुर्सद छैन,” ओलीले बैठकमा जवाफ दिएका छन् ।  भोलिको बैठकमा ओली अनुपस्थित हुने सम्भावना रहेको सचिवालयका नेताहरू बताउँछन् ।

सुरक्षा थ्रेटको हल्ला

मंगलबारको बैठक धुम्बाराहीमा बस्ने जानकारी गराइएको थियो । मङ्सिर १३ गतेको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रेस ब्रिफिङमा यही बताएका थिए । तर, एकाबिहानै ‘सुरक्षा थ्रेट’ कारण देखाउँदै बैठक बालुवाटार नै सारियो । यसबारे पनि बैठकमा कुरा उठेको थियो । 

अघिल्लो बैठकमा प्रचण्डले एकतर्फीरूपमा धुम्बाराही राख्ने भनेर उठेकाले त्यसको प्रतिवाद गर्दै बालुवाटारमै बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । “अस्ति एकतर्फीरूपमा प्रचण्डले घोषणा गरेर हिँड्नुभयो,” ओलीनिकट नेता भन्छन्, “प्रचण्डको पार्टी होइन, उनको घोषणाले मात्रै हुँदैन । त्यसकारण आजको बैठक बालुवाटारमै बसेको हो । सुरक्षा थ्रेटस्रेट होइन ।”

दुईजना अध्यक्षसँग परामर्श गरेर महासचिवले बोलाउने प्रावधानविपरीत धुम्बाराहीमा बैठक राखिएकाले बालुवाटारमा सारेर प्रतिवाद गरिएको ती नेता बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  २०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC