site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘अहिले राजतन्त्र फर्किने सम्भावना म देख्दिनँ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् । नेपालले आफ्नो हितलाई ध्यानमा राखेर भारत र चीनसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने उनको भनाई छ । 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले भने, “भारतसँग नेपालको त्रेतायुग र द्धापरयुगदेखिको सम्बन्ध हो । चीनसँगपनि सातौं शताब्दीदेखि सम्बन्ध हो । चीनसँगपनि एकदमै लामो सम्बन्ध छ । नेपालको लोकेसन नै रणनीतिक छ, विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको र विश्वकै सबैभन्दा दोस्रो ठूलो ईकोनोमी चीन हो । भारत पाँचौं आर्थिक संख्या हो । दोस्रो कुल जनसंख्या भारतसँग छ । हामी दुवै देशको बीचमा छौं । दुवै देशसँग प्राचिन सम्बन्ध छ ।”

नेता महतले भारतसँग नेपालको सम्बन्ध अत्यन्तै पूरानो र घनिष्ठ रहेको सुनाए । उनले भने, “भारतसँग सामाजिक सम्बन्ध, धार्मिक, सांस्कृतिक सम्बन्ध बढि छ । साथसाथै, आर्थिक सम्बन्ध बढि छ । नेपालको कुल व्यापारको ६९ प्रतिशत आयात भारतबाट हुन्छ । चीनबाट १५ प्रतिशत हुन्छ । ५८ प्रतिशत निर्यातपनि हाम्रो भारतसँग छ ।

Prabhu Bank
Agni Group
NIC Asia

व्यापारको हिसाबले पनि भारत र चीनसँग अत्यन्तै नजिकको सम्बन्ध छ । लगानीको कुरा गर्दा भारतबाट आएको छ। चीनपनि लगानी भित्रिँदैछ । नेपालमा आउने पर्यटकपनि भारत र चीनबाट आउँछन् । भारतसँग आवातजावात बढि छ । चीनसँग हाम्रो राष्ट्रिय, राजनीतिक र आर्थिक सम्बन्ध विस्तार हुँदैछ । भविष्यको विकासको लागि दुई देशबीच दुवै देशसँग फाईदा लिनुपर्छ । लगानीको स्रोतको रुपमा, पर्यटनको स्रोतको रुपमा र हाम्रो मार्केट सोर्सको रुपमा पनि भारत र चीन नै महत्वपूर्ण हुन् । आर्थिक सहयोग पनि दुवै मुलुकबाट प्राप्त गरेका छौं । दुवै मुलुकसँग सम्बन्ध राम्रोसँग राख्नुपर्छ ।”

उनले सम्बन्धको कुरा गर्दा चीनको विरोध, भारतको समर्थन, चीनको समर्थन र भारतको विरोध भन्ने कुरा सुनिएपनि नेपालले आफ्नो राष्ट्रिय हितको लागि दुवै देशसँग समुधुर सम्बन्ध राख्नुपर्ने जोड दिए । 

Global Ime bank

महतले नेपालले  भौगोलिक अखण्डता र आफ्नो सार्वभौमिकता मेन्टेन गर्दै सुमधुर सम्बन्ध राख्नुपर्ने बताए । उनले भारतसँग धेरै विवाद रहेको सुनाउँदै ती नयाँ विषय नभएको पनि सुनाए । 

त्यस्तै, चीनसँग पनि नेपालको सिमा विवाद रहेको उनले उल्लेख गरे । महतले भने,“हुम्लामा कतिपय पहिलेका खम्बाहरु, पिल्लर सारिएका छन् भन्ने यता–उता चर्चामा आएका छन् । यसबारेमा निश्पक्ष ढंगले विज्ञहरु बसेर हेर्नुपर्छ । छानबिन गरेर टुँगो लागोस् । भारतसँगको सिमाना पनि टुँगो लगाउनुपर्छ । भारत र चीनसँगको सिमा विवाद टुँगो लगाउनुपर्छ । अहिले भएका सानातिना समस्या समाधान गर्दै जानुपर्छ । भारतबाट रअका प्रमुख नेपाल आए । सेना प्रमुख पनि नेपाल आए । विदेश सचिव पनि आए । यी सबै रुटिन खालका भिजिट हुन् । प्रधानमन्त्री ओलीले मेरो सरकार ढाल्नको लागि (भारततिर संकेत गर्दै) षड्यन्त्र गर्दैछ भनेर बोल्नुभएको थियो । भारतले हामीले कुनै भूमिका खेलेका छैनौं भनेर देखाउन खोजेको हो कि । भारतीय सेनाप्रमुखको भिजिट पनि नियमित हो । हामी दुवै देशबीच एक अर्काले मानार्थ दिने चलन छ । अहिले भर्खरै भारतीय विदेशसचिव आए । नेपाल र भारतबीच जे–जति ईस्यु छन्, विवादका विषयहरु छन्, अब हल गरिनुपर्छ । परराष्ट्रमन्त्रीलाई भारतमा निमन्त्राण आएको जानकारीमा आएको छ। यो सकारात्मक ुकरा हो । भारतसँगको सम्बन्ध अलिकति तल–माथि भएको थियो । अब यसले सुधार गर्न मद्दत पुगोस ।”

अहिले राजाको पक्षमा खासगरी राजतन्त्र ल्यानुपर्यो भनेर सडकमा जुलुश तथा प्रदर्शन भयो नि ? भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने, “अहिले राजाको पक्षमा, राजतन्त्र ल्याउनुपर्यो, २०४७ को संविधान पूर्नस्थापना गर्नुपर्यो, हिन्दूराज्य बनाउनुपर्यो भनेर ठाउँ–ठाउँमा जुलुश भैरहेको सुनें । आफ्नो विचार र धारणाअनुसार विचार उठाउने, आवाज उठाउने अधिकार सबैको छ । संविधानमा राजनीतिक व्यवस्थामा राम्रोसँग व्यवस्थापन भएको छैन । भ्रष्टाचार भैरहेको समाचार छन्, असन्तुष्टि छन् । त्यसको परिणाम पनि यो अहिलेको विरोध तथा प्रदर्शन भएको हो । संविधान कार्यान्वयन गर्ने चूनौति छन् । जनताको आवश्यकत्ताको कदर गर्ने कुरामा सरकार जिम्मेवार हुनुपर्छ । सुशासनको आवश्यकत्ता छ । मुखलेमात्रै यो गर्छु र उ गर्छु भनेर हुँदैन । क्षमता देखाउनुपर्यो । काम गरेर देखाउनुपर्छ । प्रतिफल राम्रो हुनुपर्छ । विकृत ढंगले खर्च हुनुभएन । प्रतिफल निस्किने ढंगबाट लगानी हुनुपर्छ । आर्थिक स्थितिलाई सुधार गरेर सम्पन्न गर्नुपर्छ । सुशासन बढाउनुपर्छ । विरोधहरु कम गर्न काम गर्नुपर्छ । सरकार जिम्मेवारी पूरा गर्न जति जति कमजोर हुँदै जान्छ, त्यति त्यति सरकारको विरोधमा प्रदर्शन हुन्छन् । जनआकांक्षा पूरा गर्नेतिर सरकार लागेन, अहिले खासै उपलब्धि भएन । अहिले सत्तारुढ दलभित्र लडार्इँ छ । सरकारले योग्यता र क्षमताको आधारमा अवसर दिनुपर्छ । देशलाई राम्रो सुशासनको आवश्यकत्ता छ । राजनीतिक क्षेत्रमा सुधार हुनुपर्यो ।” 

राजसंस्था फर्कनसक्ने सम्भावना छ ? भन्ने पत्रकारको अर्को जिज्ञासामा उनले अहिले नै आफूले त्यो सम्भावना नदेखेको स्पष्टपारे । उनले भने, “अहिले नै म सम्भावना देख्दिनँ । आवाज उठाउने अधिकार छ । संविधान सफल हुन सकेन, कार्यान्वयन हुन सकेन भने त्यो आवाज बढ्दै जान्छ । जनताका आकांक्षा पूरा गर्न सक्यौं, वचनअनुसार काम गर्न सकियो भने राम्रो हुन्छ । त्यो सम्भावना छैन, तुरुन्तै छैन । व्यववस्थापनमा सुधार ल्याउनुपर्छ । सुधार गर्न जरुरी छ । उपलब्धि भएको खण्डमा, विकल्पमा जानुहुँदैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC