देश
काठमाडौं । मंगलबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएका एकहजार ३ सय ४ जनामध्ये ७ सय ४१ जना वागमती प्रदेशका छन् । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै पाँच सय ३० जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएका छन् । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा भने नयाँ संक्रमित नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कर्णालीमा ४७ जनामा परीक्षण गरिएको भए पनि कुनै पनि नतिजा पोजेटिभ नआएको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७ १६:३५
प्रतिक्रिया दिनुहोस्