site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
च्याम्पियन्स लिगमा आज आठ खेल 
Ghorahi CementGhorahi Cement

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज (मंगलबार) विभिन्न आठ खेलहरु हुँदैछन् । आज हुने खेलमा साविकको विजेता टोली वायर्न म्युनिखले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ ।  एट्लेटिकाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै एट्लेटिको अघिल्लो चरण प्रवेशका लागि आफूलाई बलियो बनाउने योजनामा रहेको छ । 

एट्लेटिकोले आजको खेलमा जित निकाल्न सकेमा आफूलाई ८ अंकका साथ अघिल्लो चरण प्रवेशका लागि बलियो बनाउने छ । यता लगातार चार खेलमा जित निकालेको वार्यन आजको खेलमा पनि जित निकाल्दै लिगको समूह चरणको पाँचौ खेलमा जित निकाल्ने योजनमा छ । 

Agni Group

आज नै हुने अर्काे खेलमा स्पेनिस क्लब रियल मड्रिडले साख्तर डोनेस्तेकसँग प्रतिस्पर्धा गर्दैछ । लिगको पाँचौ खेल खेल्न लागेको रियललाई अघिल्लो चरण प्रवेसका लागि आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेमला जित निकाल्न सकेमा रियलको अघिल्लो चरण प्रवेश सम्भावना बलियो बन्ने छ । 

समूह बी अन्तर्गत आज हुने अर्काे खेलमा इन्टर मिलानले मोन्चे गल्बच्चासँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै प्रिमियर लिग च्याम्पियन लिभरपुलले आयाक्ससँग खेल्ने छ । 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC