site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाल यौन दुराचारको आरोपमा फ्रेन्च नागरिक पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । कास्कीबाट बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको आरोपमा फ्रेन्च नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ६ खहरे बस्ने फ्रेन्च नागरिक ६० वर्षीय सर्ज हेनरी नगरेट छन् ।

पोखरा महानगरपालिका १७ बिरौता पावरहाउस फुस्रेखोला बगरमा ७ वर्षीय, ८ वर्षीय र १२ वर्षीय गरी ३ जना नाबालकलाई बाल यौन दुरुपयोग र शोषण गरिरहेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा उनलाई पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बिभिन्न हिसाबले नेपाल प्रवेश गरेका तथा नेपालमा आई बसेका केही विदेशी नागरिकहरु बाल यौन दुरुपयोग र शोषण कार्यमा संलग्न रहेको भन्ने सूचनाको आधारमा ब्यूरोको टोली खटिएको डीआईजी सहकुल थापाले जानकारी दिए । पेशाले कम्प्युटर ईन्जिनियर रहेका उनी ‘नन टुरिष्ट भिसा’मा नेपालमा बसोबास गरिरहेको खुलेको छ ।

उनलाई बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाईएको र पीडित ३ जना नाबालकलाई उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC