site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उतारचढाबबीच नेप्से दुईहजार विन्दुमा, ७ अर्ब ४० करोड कारोबार
Ghorahi CementGhorahi Cement

काठमाडौं । सेयर बजार बढ्ने क्रम मंगलबार पनि जारी रह्यो । उतारचढाबबीच सेयर बजार परिसूचक नेप्से २ हजार बिन्दुमा पुगेको छ । यसदिन ३.३५ अंकले बढेर नेप्से दुईहजार दशमलब ४० विन्दुमा पुग्यो । यो हालसम्मकै उच्च विन्दु हो । प्रि ओपनिङ सेसनमा १२ अंकले बढेको बजार कारोबार भएको १५ मिनेटमै ३० अंकले घटेको थियो । 

त्यसपछि पुनः बजार बढ्दै २५ अंकसम्मले बढेको थियो  । फेरि झरेको नेप्से कारोबार अन्तिम समयतिर पुनः फर्कदै ३ अंकले पोजेटिभ भएर रोकिएको हो । बैंकिङ्ग, विकास बैंक र होटल समूहमा दोहोरो अंकको गिरावट आयो भने उत्पादनमूलक समूह १ सय ७ अंक बढिले ओर्लियो ।

Agni Group

जीबन बीमा समूहमा सबैभन्दा उच्च २ सय १६ अंकको बृद्धि आयो भने टेलिकम सूचिकृत अन्य समूहमा पनि एकसय ७ अंकको बृद्धि आयो । यस्तै उत्पादनमूलक समूह ९९ अंकले बढ्दा जलविद्युत समूहमा पनि साढे ३८ अंकको बृद्धि आयो । निर्जिबन समूहमा ३४ अंकको गिरावट आउँदा वित्त समूहमा ७ अंकको गिरावट आयो भने म्यूचुअल फण्ड पनि ऋणात्मक रह्यो ।

सोमबारको तुलनामा यसदिन कारोबार रकममा भने गिरावट आयो । यसदिन एकसय ९७ कम्पनीको १८ लाख ७६ हजार कित्ता सेयर ७ अर्ब ४० करोड रुपैयाँमा खरिद बिक्री भयो । यसदिन नेपाल लाइफ इन्स्यारेन्सको सबैभन्दा बढी ३८ करोड ४८ लाख रुपैयाँका सेयर कारोबार भयो । 

Global Ime bank

यस्तै नेपाल पुनर्बिमा कम्पनीको ३७ करोड ३४ लाख, र प्रभु बैंकको ३६ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भयो । यसदिन नेपाल पुनर्बिमा कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको करिब १० प्रतिशतले सेयर मूल्य बढ्यो भने माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम, र सोन्जेन जलविद्युत कम्पनीको सेयर भाउ पनि करिब १० प्रतिशतले नै बढ्यो । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC