site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घरमै पुगेर स्वाब संकलन गर्दै काठमाडौं महानगर
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले पीसीआर परीक्षणका लागि नागरिकको घरघरमा गएर स्वाब संकलन गरिरहेको छ । उपत्यकामा संक्रमणको दर बढ्दै गएपछि महानगरले मोबाइल भ्यानमार्फत घरघरमा गएर स्वाव संकलनको कामलाई तिव्रता दिएको हो । 

कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुको ट्रेसिङमा परेका र अस्पतालसम्म परीक्षणका लागि जान नसक्ने नागरिकको स्वाव संलकन महानगरले गरिरहेको छ । महानगरले कन्ट्याक ट्रसिङमा परेका र लक्षण देखिएका, अस्पताल जान नसक्ने अवस्थाका जेष्ठ नागरिक र असहायहरुको स्वाव संकलन गरिरहेको महानगरको स्वाव संकलन कार्यक्रमका संयोजक ऋषि भुसालले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

महानगरले मोबाइल भ्यानमार्फत स्वाव संलकन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि पठाउने गरेको पनि उनले बताए । 

११ नम्बर वडाका सहायक सचिव सर्वज्ञराज पौडेलले वडाहरुमा ट्रेसिङमा परेका व्यक्तिहरुको तथ्याङ्क संकलन गरी महानगरको जनस्वास्थ्य विभागको समन्वयनमा स्वाब संलकन भइरहेको बताए । उनले संक्रमणको दर बढिरहेकाले अनावश्यक रुपमा घर बाहिर ननिस्किन पनि सर्वसाधारणहरुलाई आग्रह गरेका छन् । 

Global Ime bank

काठमाडौंमा दिनदिनै संक्रमितहरुको संख्या बढीरहेकाले महानगरपालिकाले निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलनलाई तिव्रता दिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC