site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ब्रोकर कमिसन : बोर्ड भन्छ अन्तिम तयारीमा, लगानीकर्ता भन्छन्, बोर्डले चासो दिएन
Ghorahi CementGhorahi Cement

काठमाडौं । धितोपत्रको बोर्डले ब्रोकर कमिसन घटाउने आलटाल गरेको लगानीकर्ताले आरोप लगाएका छन् । बोर्डले कात्तिक एक गतेबाट लागू हुनेगरी ब्रोकर कमिसन घटाउने अश्वसन दिए पनि अझै नघटेको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।  बोर्ड एक वर्ष अगाडि २०७६ असोजमा नै ब्रोकर कमिसन घटाउने भन्दै अध्ययन समिति गठन गरेको थियो । तर, तत्कालीन अध्यक्ष रेवतबहादुर कार्कीको कार्यकाल सकिएसँगै उक्त अध्ययन समिति निस्कृय बन्यो । 

गत फागुनमा सेयर बजारमा केही दिने देखिएको उत्साहपछि ब्रोकर कमिसनको विषय चर्को रुपमा उठ्यो । चैतमा देशव्यापी रुपमा भएको लकडाउका कारण सेयर बजार ३ महिनाभन्दा बढी समय बन्द हुन पुग्यो ।  यही लकडाउनको बीचमा सेयर बजारलाई पूर्णअनलाइन बनाउनेलगायत केही सुधारका कार्य बोर्डले गर्यो  । 
तर, लगानीकर्ताले पाँचप्रतिशत पुँजीगत लाभकर नै अन्तिम हो अथवा होइन एकिन हुनुपर्ने, तथा ब्रोकर कमिसन घटाउनुपर्नेलगायत विभिन्न माग लगानीकर्ताले राखेपछि बोर्डले ब्रोकर कमिसन घटाउन अध्ययन समिति बनाएको थियो । 

उक्त अध्ययन समितिको प्रतिवेदन तयार भइसकेको छ । सोही आधारमा ब्रोकर कमिसन घटाउने बताए पनि बोर्डले अझै त्यसको प्रक्रिया सुरु नगरेको भन्दै लगानीकर्ताले असन्तुष्टि जनाउने थालेका छन् ।  तर, बोर्ड भने ब्रोकर कमिसन घट्ने दाबी गर्छ । केही समयअगाडि धितोपत्र दलाल व्यवसायीहरुको नयाँ कार्यसमितिसँग पनि ब्रोकर कमिसन घटाउने तयारी भएको भन्दै त्यसको लागि तयार रहन बोर्ड अध्यक्ष भिष्मराज ढुङ्गानाले निर्देशन दिएका थिए । 

Agni Group

उनले बाह्रखरीसँग कुरा गर्दै अन्य मुलुकको अवस्था र बजारको अवस्था तथा प्रकृतिहरुलाई हेरेर अध्ययन भइसकेको अब दलाल व्यवसायी र नेप्सेसँग छलफल गरेर कमिसन घटाउने बताएका थिए । लगानीकर्ताहरुसँग भने ब्रोकर कमिसन घटाउने विषयमा बोर्डले छलफल गरिसकेको उनले बताएका थिए । 

बोर्डका कार्यकारी निर्देशक निरज गिरी पनि अध्ययन प्रतिवेदनमा ब्रोकर कमिसन घटाउनुपर्छ भन्ने सुझाव आएको बताउँछन् । “ब्रोकर कमिसनसँगै नेप्से बोर्ड र सिडिएस एन्ड क्लियरिङले लिने शुल्क पनि समग्रमा समायोजन गरेर अगाडि जाने भन्ने योजना छ,” उनले भने । 

Global Ime bank

केही समयमा नै बोर्डले सबैसँग छलफल गरेर कमिसन घटाउने उनको भनाइ छ । 

तर, दलाल व्यवसायी भने ब्रोकर कमिसन घटाउने र बढाउने विषयमा छलफल नै आवश्यक नभएको बताउँछन् । बोर्डले अनुसूचि संशोधन गरेर घटाउन सक्ने ब्रोकर कमिसनमा अनावश्यक बहस गरिरहेका एक दलाल व्यवसायीले बताए । 

“ब्रोकर कमिसन मात्रै समायोजन गर्ने कि बोर्ड र नेप्सेले लिने कमिसन पनि पुनर्विचार  गर्ने, बोर्डले कारोबार शुल्क निःशुल्क गरौं भने हामी तयार छौं,” एक धितोपत्र दलाल व्यवसायी भन्छन् ।  

यता, बोर्डका कार्यकारी निर्देशक निरज गिरी भने बोर्डले नै गर्ने संशोधन भए पनि सहभागीहरुसँग छलफल गर्दा राम्रो हुने बताउँछन् । “कमिसन कति राख्ने भन्ने निर्णय बोर्डले गर्ने हो तर पार्टिसिपेसनको सुझावसहित संशोधन गर्दा सहज हुन्छ भन्ने हो,” उनले भने । 

यता, इन्भेष्टर फारेममका अध्यक्ष छोटेलाल रौनियार भने अन्य मुलुकमा धितोपत्र बिक्री गर्दा मात्रै कमिसन लिने व्यवस्था भए पनि नेपालमा भने खरिद र बिक्री दुवैमा कमिसन लाग्ने हुँदा लगानीकर्ता मारमा परेको दाबी गर्छन् । खरिद र बिक्री दुबैमा ०.२५ प्रतिशत भन्दा बढी कमिसन लिन नहुने उनको भनाइ छ । 

हाल धितोपत्रको दोस्रो बजार कारोबारमा कारोबार रकमअनुसार ०.४ देखि ०.६ प्रतिशतसम्म कमिसन लाग्ने गरेको छ । जसको २० प्रतिशत नेप्से र धितोपत्र बोर्डलाई जान्छ । यस्तै सीडीएस एन्ड क्लियरिङले पनि कारोबारको शुल्क लिने गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC