site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अब स्टुडियो गएर चित्रकला अवलोकन गर्ने र किन्ने मौका 
Sarbottam CementSarbottam Cement

काठमाडौं । के तपाईं लामो समयदेखि ग्यालरीमा गएर प्रत्यक्ष चित्रकला अवलोकन गर्ने अनुभूति (मिस) गरिराख्नु भएको छ ? अनि प्रत्यक्ष चित्रकला हेरेर, छानीछानी आफूलाई मनपरेको चित्रकला किन्न पाइराख्नु भएको छैन ? चित्रकारहरुले कसरी सेतो क्यानभासलाई रंग्याउछ भनेर हेर्न मन छ ? 

यदि छ भने चित्रकला प्रेमीहरुले यी सबै इच्छा अब ‘ओपन आर्टिस्ट स्टुडियो’ मार्फत पूरा हुने छ । दुई दशकभन्दा लामो समयदेखि चित्रकलालाई पेशा र प्यासन बनाएर यसमा निरन्तर लागिरहेका ‘काष्ठमण्डप आर्टिस्ट गु्रप’ का कलाकारहरुले यो अवसर जुटाउन लागेका हुन् । 

कोरोना महामारीका कारण ९ महिनादेखि कलाकारहरु बन्द कोठाभित्रै बसेर पेन्टिङ सञ्चित गरिरहे पनि उनीहरुको पेन्टिङले ग्राहक पाउन सकेको छैन । फाट्फुट्ट रुपमा अनलाइन प्रदर्शनीबाट केही चित्रकला बिक्री भएपनि, त्यो निकै न्यून छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आफू लगायत आफ्ना कलाकार साथीहरुको यही समस्या सामाधान गर्न  काष्ठमण्डपका सदस्य आशा डंगोलले यो कन्सेप्ट ल्याएका हुन् । उनी सन् २००७ मा अमेरिकालगायत युरोप टुरमा जाँदा बाहिरका कलाकारहरुले बेलाबखत यस्तो कार्यक्रमको आयोजना गर्ने बारे जानकार थिए । त्यही कन्सेप्ट अहिलेको समयमा नेपालमा पनि प्रयोगमा ल्याउँदा उचित हुने सोचेर उनले यो प्रस्ताव आफ्नो समूहमा सुनाए । 

काष्ठमण्डपकै अर्की सदस्य एरिना ताम्राकार भन्छिन्, “हामी, चित्रकलालाई नै मुख्य पेशा बनाएर अघि बढिरहेकाहरुलाई यो लामो समयको बन्दाबन्दीले धेरै समस्या भइसकेको छ । हामी पनि बाँच्नुपर्छ, त्यसैले कति दिन यसरी बस्ने अब आफैले केही समाधान त खोज्नै पर्ने भएपछि आशाले हामीबीच यो कन्सेप्ट ल्याउनु भएको हो ।”

Global Ime bank

२६ वर्षअघि स्थापना भएको काष्ठमण्डपका कलाकारहरु पहिले कुपण्डोल स्थित एउटै स्टुडियोमा बसेर काम गर्थे । तर, काम धेरै भएसँगै र सबै कलाकारलाई पायक नपर्ने भएपछि उनीहरु आपसी समझदारीमा नै अलग अलग स्टुडियो बनाएर काम गर्न थाले । 

अहिले कलाकार एरिना ताम्राकार र आशा डंगोल कुपण्डोलस्थित ग्यालरीमा छन् । त्यस्तै कलाकार भाइराज महर्जनको स्टुडियो पाटन ढोकामा छ ।  कलाकार बिनोद प्रधान र प्रदीप कुमार बज्राचार्यको स्टुडियो डल्लु र कलाकार प्रमिला बज्राचार्यको हरिहर भवनमा छ । 

डिसेम्बर १ देखि ३० तारिखसम्म एक महिना सञ्चालन हुने यस कार्यक्रममा कलाप्रेमी, विद्यार्थी तथा आर्ट कलेक्टरहरु माथि उल्लेखित ४ वटामध्ये जुन स्टुडियोमा गएर पनि प्रत्यक्ष आर्ट अवलोकन गर्ने, कलाकारसँग भलाकुसारी गर्ने र किन्न सक्छन् । 
शनिबार १२ बजेदेखि ४ बजेभित्र आफूलाई पायक पर्ने समयमा स्टुडियो जान सक्छन् । भने शनिबार बाहेक अन्य दिनमा ११ बजेदेखि ६ बजेसम्म जान सक्छन् । 

सामाजिक सञ्जालमा यो खबर सार्वजनिक गरेसँगै एक ग्राहकले दुईदिन अगाडि मात्रै एरिनाको स्टुडियो गएर एउटा चित्रकला किनेर लगिसकेको पनि उनले जानकारी दिए । 

यसले कलाकारको आर्थिक पाटोलाई मात्रै नभई बन्दाबन्दीका बीच पनि काम गर्न अझै प्रोत्साहन मिल्नेमा उनीहरु आशावादी सुनिए । 

प्रत्यक्ष स्टुडियोमा जाने भएकाले कलाप्रेमीहरुले कलाकारका पुराना काम पनि हेर्न चाहेमा हेर्न पाउने छन् । साथै लामो समयदेखि गुम्सिएर रहेका कलाप्रेमीहरुका लागि यो (माइन्ड फ्रेस) बनाउने अचुक थलो हुने पनि उनीहरुले विश्वास गरेका छन् ।

यसरी प्रत्यक्ष स्टुडियो अवलोकन गर्ने सुविधा नेपालमा पहिलोपटक हुन लागेको उनीहरुको दाबी छ । सिद्धार्थ आर्ट ग्यालरीले कला प्रदर्शनीको क्रममा नै कहिलकाँही ग्राहकलाई स्टुडियो भिजिटको व्यवस्था मिलाएपनि यसरी कलाकारहरुद्वारा स्टुडियोमा नै गएर अवलोकन र कला किन्ने  कार्यक्रम भने पहिलो चोटी नै हुन लागेको उनीहरु बताउँछन् । 

महामारीको समय भएकाले कलाकारहरुले आफ्नो तर्फबाट भौतिक दूरी कायम राख्नेदेखि दर्शकलाई स्यानिटाइज गर्ने लगायत कुरामा ध्यान दिने र स्टुडियो आउने दर्शकलाई पनि मास्क लगाएर सुरक्षित भएर आउन पनि उनीहरुले आग्रह गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC