site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

आज (सोमवार) पनि कोभिड—१९ को संक्रमणका कारण एक घन्टामा एक जनाभन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांक छ । सरकारी अभिलेखमा दर्ता नभएका अरू धेरैको संक्रमणका कारण ज्यान गएको हुनसक्ने अनुमान सहजै लगाउन सकिन्छ । यसको अर्थ हो नेपालमा कोभिड — १९ को संक्रमण रोकिएको छैन । युरोप र अमेरिकामा त कोभिड—१९ को संक्रमण नियन्त्रित नै भएन भने पनि हुन्छ । संक्रमण नियन्त्रण गर्न अपेक्षाकृत सफल मानिएका हङकङ, दक्षिण कोरिया र जापानमा समेत कोभिड—१९ को दोस्रो लहर सुरु भएको छ । फलस्वरूप, संक्रमण फैलन नदिन भौतिक दूरी कायम राख्नेलगायतका विधि र निषेधका उपायहरू फेरि अपनाउन थालिएको छ । नेपालमा भने विभिन्न राजनीतिक दल र शक्तिहरू महामारी फैलनसक्ने गतिविधि गर्न अग्रसर हुनपुगेका छन् ।   

राजनीतिक दल, व्यक्ति वा शक्ति कोही  पनि महामारी फैलन सक्ने काम गर्न अगाडि सर्दैनन् । तर, केही दिन यता नेपालका विभिन्न सहरहरूमा राजाका पक्षमा नारा लगाउनेहरूले उनीहरूको जुलुसले महामारी फैलनसक्ने जोखिमलाई बेवास्ता गरेको देखिएको छ । त्यसो त अरू राजनीतिक दलका नेताहरूले पनि पार्टी र गुटका भेला गरिरहेका छन् । आफ्नो सानो असावधानीले पनि समुदायमा कोभिड—१८ को संक्रमण हुनसक्ने जोखिमलाई बेवास्ता गरेर तिनले पनि राजाका पक्षमा नारा लगाउनेहरूले जस्तै गैरजिम्मेवार प्रवृत्ति देखाएका थिए । भौतिक दूरी र सुरक्षा सवधानीको बेवास्ता गर्दा कतिपय दलका नेताहरू स्वयं त्यस्ता कार्यक्रममा भाग लिएर फर्केपछि संक्रमित भएको समाचार सार्वजनिक पनि भएको छ । यसैले कोभिड—१९ को संक्रमण फैलन सक्ने कुनै पनि क्रियाकलापलाई अहिले समाजविरोधी कार्र्य भन्नुपर्ने देखिन्छ । 

नेपालको संविधानले कुनै व्यक्ति वा शक्तिलाई शान्तिपूर्वक आफ्नो विचार अभिव्यक्त गर्ने अधिकार दिएको छ । सरकारले नागरिकको त्यस्तो अधिकार र स्वतन्त्रतामा हस्तक्षेप गर्नु हुँदैन । यसैले राजाका पक्षमा नारा लगाउँदैमा निषेध गर्नु वा प्रतिबन्ध लगाउनु असंवैधानिक हुन्छ । तर, कसैका पक्षमा पनि जुलुस निकाल्ने वा नारावाजी गर्नेले आफू र अरूलाई पनि जोखिममा पार्न लागेमा भने सरकारले तमासा हेरेर बस्न मिल्दैन । नेपाल सरकारका कर्मचारीमा भने कि अनावश्यक बल प्रयोग गरेर दमन गर्ने नभए टुलुटुलु हेरेर बस्ने प्रवृत्ति निकै बलियो छ । जाडो याममा कोभिड—१९ संक्रमण फैलने जोखिम बढी हुने मानिन्छ । संक्रमण फैलने वा फैलाउने क्रियाकलाप हुन नदिने दायित्व मूलतः सरकारकै हो । यसैले राजाका पक्षमा जुलुस निकाल्नेहरूलगायत कसैले पनि महामारी फैलने जोखिम बढाउन खोजे सरकारले नियन्त्रण गर्नुपर्छ । जुलुसमा जानेहरूलाई समेत संक्रमित हुनबाट रोक्ने सरकारको कर्तव्य हो भने तिनको परिवार र समुदायलाई संक्रमणबाट जोगाउन सरकारले कानुनबमोजिम निषेध र नियन्त्रणका उपाय अपनाउनुपर्छ । महामारीको जोखिम बढ्न नदिन सरकार र नागरिकहरूसमेत सजग हुनु जरुरी छ । नेपाली जनताको स्वास्थ्य रक्षा गर्ने दायित्वबाट सरकार विमुख नहोओस् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC