site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोभिडको समयमा विश्वमा यसरी जीवित रह्यो बेसारदेखि अलैँचीसम्म 
Ghorahi CementGhorahi Cement

बीबीसी । हजारौं वर्ष अगाडिदेखि नै एसिया, उत्तरपूर्वी अफ्रिका र युरोपमा दालचिनी, अदुवा, मरिच, बेसारलगायत मसलाहरुको ठूलो व्यापार चल्दै आएको छ । तर, विश्वव्यापी महामारीमा यो प्राचीन व्यवसायसमेत अन्त्यको नजिक पुग्न लागेको थियो । पूरै दुनियाँ लकडाउनमा रहँदा यी मरमसालाहरु उत्पादन गर्ने, जाँच गर्ने, ओसार्ने अनि प्रोसेस र प्याक गर्ने जस्ता जटिल नेटवर्कहरु सञ्चालनमा नआउँदा एउटा परम्परा नै गुम्ने जोखिम बढेको थियो । कोरोना फैलिरहेका बेला यसको खेती कसरी गर्ने ? कसले बिरुवाहरु प्रोसेस गर्ने र बिक्रीका लागि बाहिर केबाट कसरी पठाउने ? र, ती उत्पादनको सुरक्षा कसले जाँच गर्ने भनेर किसानहरु गम्भीर चिन्तामा थिए । 

तर, अर्कोतर्फ यही लकडाउन र महामारीका बेलामा केही मसलाहरुको माग आकाशिएको पनि हामीले देख्यौँ । विशेषगरी स्वास्थ्यका लागि लाभदायक मानिने बेसार, अदुवा लगायत खाद्य वस्तु विगतमा भन्दा बढी सेवन गर्न थालिएको छ । 

Agni Group

मसालाहरुको सबैभन्दा बढी उपभोग, उत्पादन र निर्यात हुने देश, भारतमा लकडाउनका बेला आफ्नै देशका लागि पर्याप्त उत्पादन गर्नमा कठिनाइ भएको थियो । यस्तोमा भारत, भियतनामलगायत केही मुख्य मसला उत्पादक देशहरुले अस्थायी रुपमा यसको विदेशी निर्यातमा रोकसमेत लगाएका थिए । त्यसैले स्थानीय कारोबार बढ्न पुग्दा अलैँची, मरिचलगायत केही मसालाहरुको दाम देशभित्र ५० प्रतिशतसम्मले घट्न पुगेको हो । तर, यो अवस्था धेरै समयसम्म भने रहन सकेन र केही हप्तामै अन्तर्राष्ट्रिय बजारमा पनि मसालाको कारोबारमा उच्च वृद्धि भयो । मसालाहरुलाई स्वादसँगै बास्नाका लागि पनि महत्वपूर्ण मानिन्छ । 

यसरी भारतमा जुनमा मात्र देशमा उत्पादित मसालाको निर्यात बढेर ६ करोड ७० लाख डलर पुगेको हो जुन अघिल्लो वर्षको तुलनामा झन्डै दुई गुणा वृद्धि भएको ‘असोसिएटेड च्याम्बर्स अफ कमर्स इन्डिया’ले जनाएको छ । तर, यो खबर भारतका दशौँ हजार सानो स्तरका मसाला खेती गर्ने किसानहरुका लागि खुसीको कुरा हुनुपर्नेमा अर्थहिन बन्न पुगेको हो । किनकि माग उच्च भएपनि त्यसले ठूलो मूल्यवृद्धि गराउन नसकेको केरेलास्थित मसाला उत्पादक संघका संस्थापक टमी म्याथ्यु बताउँछन् । 

Global Ime bank

भारतमा यस किसिमको मसाला उत्पादन एकदम सानो स्तरमा पारिवारिक खेती गर्ने किसानहरुले गर्दै आएका छन्, जसमा विभिन्न उद्योगले देशभरका दशौं हजार किसानबाट तिनको पदार्थ किनेर मात्र घरेलु र बाहिरी माग पूरा गर्न सक्छ । प्रायः किसानहरुले आफ्नो उत्पादन नजिकैका लोकल प्रोसेसिङ उद्योगमा लैजाने गरेका छन् जहाँ तिनको गुणस्तर परीक्षण हुन्छ र त्यहीँबाट प्याक गरेर बिक्रीका लागि विश्वव्यापी वितरण गरिन्छ । तर, महामारीले यो प्रक्रियामा ठूलो अवरोध ल्यायो । लकडाउनका कारण सवारी साधनको अभावमा उत्पादनहरुको ओसारपसार गम्भीर समस्या बनेको थियो । उद्योगमा ल्याइने सबै कच्चा पदार्थहरुको गुणस्तर जाँच, तिनमा के किटनाशक प्रयोग भएको छ लगायत शत् प्रतिशत सबै पक्षमा उचित भएपछि मात्र प्याकेजलाई विक्रीका लागि ‘फाइनल’ गरिन्छ । विशेषगरी महामारीको समयमा गुणस्तर परीक्षण अधिक महत्वपूर्ण भएको बताइएको छ । कारण बेसारलगायत केही उत्पादनको माग वृद्धि हुँदा तिनमा मिसावट हुने क्रम पनि बढेको हो । 

विगतमा यस्ता परीक्षण गर्दा स्याम्पलहरु ल्याबमा टेस्ट गर्नु पर्दथ्यो जसको अर्थ उत्पादन अर्को देशमा पुगिसक्दा मात्र ल्याबको नतिजा आउँथ्यो । तर, अहिले ‘फिङ्गरप्रिन्टिङ प्रविधि’ मार्फत भर्खरै नतिजा डेलिभर गर्न सकिने भएको छ । महामारी अब अन्त्य हुन सक्ने संकेत देखिरहे पनि मसालाहरुको माग वृद्धि हुने क्रम जारी छ । तर, त्यसको लाभ किसानहरुमा देखिन चाहिँ अझै समय लाग्ने बताइएको छ ।

तापनि नयाँ प्रविधिमार्फत विश्वसनीय उत्पादक र व्यवसायीहरुलाई केही न केही रुपमा अवश्य फाइदा पुग्ने अपेक्षा गरिएको छ । यसरी महामारीका बेलामा पूरै विश्व आर्थिक संकटबाट गुज्रिरहँदा यो प्राचीन व्यवसाय पनि नराम्ररी प्रभावित हुने जोखिममा थियो । तर, परम्परागत मूल्यमान्यता र संस्कृतिले यस्तो अफ्ठ्यारो समयमा पनि यसलाई जिवित राखेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC