site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पोखरामा पनि रुचाइयो ‘सुन्तलिलाई भगाई लग्यो झिल्केले’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाली कथानक चलचित्र ‘सुन्तलिलाई भगाई लग्यो झिल्केले’ ले दोस्रो हप्तामा पनि राम्रो व्यापार गरिरहेको छ । गत शुक्रबारबाट प्रदर्शन आरम्भ गरेको चलचित्रले मंगलबारसम्म ४७ लाख रुपैयाँको व्यापार गरेको ‘सुन्तलिलाई भगाई लग्यो झिल्केले’ का निर्देशक ऋषीराज आचार्यले जानकारी दिए । 
“दोस्रो हप्तामा आइपुग्दा पनि दर्शकको उत्तिकै उपस्थिति रहेको छ,” पोखरामा रहेका नायक सुशान्त कार्कीले भने,“आज पनि दर्शकसँगै बसेर हामीले चलचित्र हेर्यौ सिनेमा मन पराइदिइरहनु भएको छ ।”
कार्की उक्त चलचित्रमा डबल गेटअपमा छन् । तीन घुम्ती चलचित्रका नायक कार्की भन्छन्, “तीन घुम्तीमा मलाई जसरी दर्शकले मन पराइदिनु भयो ‘सुन्तलिलाई भगाई लग्यो झिल्केले’ मा पनि दर्शकले मेरो डबल गेटअप मन पराइदिनु भयो ।”
“चलचित्र काठमाडौंमा जस्तै काठमाडौं बाहिर पनि दर्शकले मनपराइदिनु भयो,” ‘सुन्तलिलाई भगाई लग्यो झिल्केले’ कि नायिका सुरजनी केसीले भनिन् “अपेक्षा गरे अनुसार नै चलचित्र चलिरहेको छ ।”
चलचित्रको प्रचारप्रसारका क्रममा अहिले पोखरामा रहेको चलचित्रको युनिट अन्य शरहमा पनि जाने निर्देशक आचार्यले जानकारी दिए । 
६५ लाखमा बनेको चलचित्रमा शुसान्त कार्की, सुशील सिटौला, शिशिर भण्डारी र सुरजनी केसीको मुख्य अभनिय छ । चलचित्र विस्तारै लोप हुँदै गएको ‘जार प्रथा’मा आधारित छ । ओखल ढुङ्गा र रामेछापका दुर्गम गाउँमा छायांकन गरिएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २७, २०७३  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC