site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना संक्रमितलाई दिइने ‘रेम्डेसिभिर’ औषधिको तस्करी
Ghorahi CementGhorahi Cement

विराटनगर । निकै गम्भीर स्वास्थ्य समस्या देखिने कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको औषधि ‘रेमडिसिभिर’ को विराटनगर नाकाबाट तस्करी हुने गरेको तथ्य खुलेको छ । 

इन्जेक्सनको रुपमा प्रयोग हुने यो औषधि भारतबाट मोरङको नाकाबाट विराटनगरतर्फ लुकाई छिपाई तस्करी हुने गरेको पाइएको हो । प्रहरीले औषधि तस्करीमा संलग्नलाई गर्दा रेम्डेसिभिर पनि बरामद भएको छ । 

Agni Group

भारतीय बजारमा प्रतिभाइल भारू २ हजार ८ सयदेखि ४ हजार ५ सय रुपैयाँसम्म पाइने रेम्डेसिभिर नेपालका अस्पतालहरुमा १५ हजारदेखि २५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको बताइन्छ । कडा लक्षणसहितका कोरोना संक्रमित बढ्न जाँदा आईसियू र भेन्टिलेटरमा राखेर उपचार गरिने बिरामीलाई यही औषधि चलाउने गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले हालै विराटनगर–१३ स्थित सैनक टोलका ३६ वर्षीय नरेश यादवको घरबाट तस्करी भएर आएको अन्य औषधिसँगै १० भाइल रेमडिसिभिर पनि बरामद गरेको हो । 

प्रहरीले नेपालमा प्रतिबन्धित अन्य औषधीहरु समेत बरामद गरेको छ । औषधि व्यवस्था विभागमा दर्ता नभएका ‘डाकसिसाइवर्गलिन र मिथाइल प्रिडनीसोलोन इन्जेकेसन’ सहित चार कार्टुन औषधि बरामद भएको छ । तस्करीमा संलग्न थप व्यक्ति पक्राउ गर्न प्रहरीले सुक्ष्म अनुसन्धान शुरु गरिएको जनाएको छ । रेमडेसिभिरको तस्करीमा विराटनगरका केही ठूला औषधि व्यवसायी, निजी अस्पताल र स्वास्थ्य क्षेत्रका व्यक्तिहरु नै रहेको बताइएको छ । 

Global Ime bank

प्रहरीले विशेष सूचनाका आधारमा भण्डारण गरेको ठाउँम छापा मारेको थियो । खाली ट्याक्टरको मुनी औषधि र माथिबाट पराल राखेर चोरबाटो हुँदै तस्करी गरेर औषधि यादवको घरसम्म लगेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काका अनुसार विशेष सूचनाको आधारमा तस्करीको औषधि भण्डारण गरिएको ठाउँबाट बरामद भएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC