काठमाडौं । इटालियन क्लब युभेन्ट्सले सिरी ए फुटबलमा बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्ले फेनेभन्टोसँग १–१ को बराबरी खेलेको हो ।
फेनेभेन्टोको घरेलु मैदानमा १० खेलाडीमा सिमित भएको फेनेभेन्टाले साविकको विजेता टोलीलाई बराबरीमा रोकेको हो । खेलको २१औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
फेनेभेन्टोका लागि गाटानो लेटिजियाले पहिलो हाफको इन्ज्यूरी समयमा गोल गर्दै टिमलाई बराबरी दिलाए । खेलको इन्ज्युरी समयमा मोराटा रातो कार्ड खाँदै युभेन्टस १० खेलाडीमा सीमित भएको थियो ।
बराबरीसँगै युभेन्ट्स लिगको पाँचौ स्थानमा झरेको छ । लिगमा ९ खेल खेलेको युभेन्ट्स १७ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । यता बेनेभेन्टो १० अंक जोड्दै तालिकाको १२औं स्थानमा छ ।