site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिटीको जितमा महरेजको ह्‌याट्रिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । रियाद मेहरेजको ह्‌याट्रिकको सहयोगमा म्यानचेस्टर सिटीले प्रिमियर लिगमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले बर्नलीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन रियाद महरेजले ह्याट्रिक गरे । त्यस्तै बेन्जामिन मेन्डी र फेरान टोरेसले समान एक-एक गोल गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलको छैटौं मिनेटमा महरेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । २२औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे । 

४१औं मिनेटमा मेन्डीले घरेलु टोलीको अग्रता ३-० बनाए । ६६औं मिनेटमा टोरेसले गोल गर्दै टिमको अग्रता ४-० पारे । सिटीका लागि मेहरेजले ६९औं मिनेटमा ह्‌याट्रिक पूरा गर्दै टिमलाई ५-० गोलको जित दिलाए । 

Global Ime bank

जितसँगै सिटीले ९ खेलबाट १५ अंक जोडेको छ । सिटी लिगको आठौं स्थानमा छ । पराजित बर्नली ९ खेलबाट ५ अंक जोडेको छ । बर्नली तालिकाको १८औं स्थानमा छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  ०५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC