अर्थ व्यवसाय
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फबाट कार्यसमिति सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार अम्बिकाप्रसाद पौडेल, अविनाश बोहोरा, आनन्द बगडिया, कृष्णलाल महर्जन, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ, देशबन्धु बस्नेत, प्रवलजंग पाण्डे, भरतराज आचार्य निर्वाचित भएका छन् ।
यसैगरी रञ्जितराज आचार्य, राजेशकुमार अग्रवाल, विजयसिंह वैद्य, शक्तिकुमार बेगानी, साहिल अग्रवाल, शैलेन्द्र गुरागाईं, सुशील थापा, सञ्जय गिरी र हेमन्त गोल्छा विजयी भएका हुन् ।
मंगेशलाल श्रेष्ठ र विराट थापाको समान मत आएका कारण गोला प्रथाद्वारा एकजना चुनिनेछन् ।
तस्बिर : रोबिन पौडेल/बाह्रखरी
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७ ०५:१४
प्रतिक्रिया दिनुहोस्