site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भ्रष्टाचारीको संरक्षण प्रधानमन्त्रीले गरेकोबारे कांग्रेसले माग्यो नेकपाको संस्थागत धारणा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनमा उल्लेख हुनु देशकै लागि लज्जास्पद भएको बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै यो विषयमा सत्तारूढ दल नेकपाको संस्थागत धारणा माग गरेका हुन् । 

‘‘अन्तर्राष्ट्रिय जगत्‌मा नेपालको छविमा यसबाट गम्भीर असर पुगेको स्थिति दृष्टिगत गर्दै सत्तारुढ पार्टीले संस्थागत धारणा सार्वजनिक गर्न अत्यन्तै अनिवार्य भएको छ,’’ विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले भ्रष्टाचारीको अनुहार नहेर्ने बताएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पढ्न पनि आग्रह गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘एकातर्फ भ्रष्टाचारीको अनुहारसम्म हेर्दिनँ भनेर अभिव्यक्ति दिने अर्कातर्फ भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गर्न ओहोदाकै मर्यादासम्म प्रधानमन्त्रीले बिर्सिदिने, शक्ति प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरेर अति शक्तिले अति भ्रष्ट बनाउँछ भन्ने मान्यतालाई पुष्टि गर्नतर्फ लाग्ने अनि भ्रष्टाचारविरुद्ध उठेका आवाजलाई पूर्वाग्रहपूर्ण देख्ने यस्तो प्रवृत्तिले मुलुकमा झनै बेथिति र भ्रष्टाचार बढाउने अनुमान गर्न सकिन्छ,’’ विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, कांग्रेसले वर्तमान सरकार बनेपछि मुलुकमा भ्रष्टाचार व्यापक बढेको र प्रधानमन्त्री स्वयंले संरक्षण गरेको भनेर भन्दै आएको कुरा ट्रान्सपरेन्सी इन्टरनेसनलको ताजा प्रतिवेदनले पुष्टि गरेको पनि जनाएको छ ।

Global Ime bank

वाइड बडी, बालुवाटार, यतीदेखि सेक्युरिटी प्रिन्टिङ प्रेस हुँदै स्वास्थ सामग्री खरिद सम्ममा भएको भ्रष्टाचार प्रकरणउपर निष्पक्ष छानबिन र कडा कारबाहीका लागि कांग्रेसले विगतदेखि नै संस्थागत निर्णयहरुका साथ माग राख्दै आएको र ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनले ती माग तथ्यपूर्ण रहेको पुष्टि भएको कांग्रेसको दाबी छ । बूढी गण्डकी जलविद्युत् परियोजना विवादास्पद विदेशी कम्पनीलाई सुम्पन वर्तमान सरकारले मिलाएको तारतम्यका पछिल्तिरको अपारदर्शिता र अनियमितता अब गम्भीर छानबिनको दायरामा ल्याइनुपर्ने पनि उसको माग छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  २२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC