site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सधैं नेतृत्व परिवर्तनको चलखेल किन ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सधैं नेतृत्व परिवर्तन गर्न किन खोजेको भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् । शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष दाहाललाई ओलीले यस्तो प्रश्न अघि सारेका हुन् । 

चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन ? भन्दै ओलीले प्रश्न उठाएका छन् । उनले अब सबैको ध्यान महाधिवेशनमा, पार्टीका एकता–एकीकरण काम पूरा गर्नेमा केन्द्रित हुनुपर्ने पनि उनको जोड छ ।

Agni Group

“के कमरेडले आफ्नो भागमा परेको कामको लेखा जोखा कहिल्यै गर्नु भएको छ ? म आवेग र उत्तेजना बिना विनम्रताकासाथ प्रश्न गर्छु– कार्यकारी अधिकार सहित पार्टी सञ्चालनको जिम्मा पाउनु भएको अध्यक्ष कमरेडले आप्mनो भागमा परेको काममा प्रगति कति गर्नु भयो ? पछिल्लो चोटी १५ दिन भित्र सम्पन्न गर्ने भनिएको एकीकरणको काम अहिले कहाँ पुग्यो ?,” ओलीको प्रश्न छ, “सचिवालय बैठकमा १० दिनभित्रमा यस सम्बन्धी लिखित प्रस्ताव ल्याउँछु भन्नु भएको प्रस्ताव तयार भयो ? त्यसको रोडम्याप के कस्तो बन्यो ? मेरा कारणले हुन नसकेको भए, तपाईंले गर्नु भएको ‘गृहकार्य’मा के के मा र कहाँ मेरो अवरोध रह्यो ?”

‘गंभीर अपराध’ गरेपछि पनि, ‘आत्मालोचना’ गरेर उम्किन पाइन्छ ?

Global Ime bank

प्रचण्डले लगएको ‘व्यक्तिवादी’, ‘गुटवादी’ र ‘एकाधिकारवादी’ आरोप निराधार रहेको ओलीको जवाफ छ । पार्टीमा उत्पन्न अन्योल र गतिरोध’ का लागि, अविश्वास र अन्तरविरोधका लागि, पार्टीमा आएको आचरण–मूल्यमान्यतामा ह्रासका लागि, व्यक्तिवादी अराजकतावादी आचरणका लागि, वैचारिक काम नहुने स्थितिका लागि, पार्टी र सरकारबीचको सम्बन्ध बिग्रने कुराका लागि, पार्टी एकताका क्रममा गरिएका प्रबन्ध, निर्णयको अतिक्रमणका लागि मुख्य जिम्मेवार ‘करार’ गरेको पनि ओलीको भनाइ छ । ओली भन्छन्, “अझ अगाडि बढेर ‘चरम असहिष्णु’, ‘बहुमतको निर्णय मान्दिनँ’ भन्ने दम्भी, ‘वुर्जुवा अराजकतावादी’, र ‘सामन्ती निरङ्कुश’ आदि अनेकौं फरेब लगाउनु लगाउनु भएको छ । मलाई ‘नवउदारवादी’, ‘दलाल–नोकरशाही पुँजीवादी बाटोको अनुशरण गरेको’ र ‘समाजवाद’  विरोधी आक्षेप लगाउँदै मेरा कारणले वर्तमान प्रणाली ‘परम्परागत संसदीय गणतन्त्र’ मा बदलिएको निष्कर्ष निकाल्नुभएको छ । अझ अगाडि बढेर म माथि ‘भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गरेको’, ‘विदेश मामला र कुटनीतिमा .....अयोग्यता प्रदर्शन गरी देशलाई क्षति पुर्‍याएको’, ‘सङ्घीयता विरोधी’, आदि फौजदारी प्रकृतिका सङ्गीन र झुठा लाञ्छनाहरू लगाइएको छ ।” सामान्य असहमतिलाई पनि जबर्जस्ती कटु, विद्वेषपूर्ण र विग्रहकारी बनाउने कम्युनिस्ट आन्दोलनभित्रको सङ्क्रामक रोग नै भएको उनको ठहर पनि छ । “यी यति अराजनीतिक आरोपहरू हुन्, जसलाई यहाँ उल्लेख गर्न पनि मलाई सिकसिक लागिरहेको छ । म यी सबै आरोपलाई एकमुष्ट खारेज गर्दछु । यति धेरै आरोप र अभियोग लगाइसके पछि तपाईंले आफ्नो कथित प्रस्तावको अन्त्यमा मबाट फेरि ‘गंभीर आत्मसमिक्षा’ र ‘आत्मालोचना’ को माग गर्नुभएको छ । यदि यी आरोप सत्य हुन् भने, यति ‘गम्भीर अपराध’ गरेपछि पनि, ‘आत्मालोचना’ गरेर उम्किन पाइन्छ ? फेरि पनि मेरो तपाईंलाई चुनौती छ– कि यी आरोपहरू पुष्टि गर्नुस्, होइन भने परिणामको जवाफदेही लिन तयार हुनुस्,” उनले प्रचण्डलाई चेतावनीको भाषा प्रयोग गरेका छन् ।

सरकारका उपलब्धीको फेहरिस्त
जवाफमा ओलीले सरकारको कामको फेहरिस्त नै प्रस्तुत गरेका छन् । सातै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने र चिकित्सा शिक्षामा छात्रवृत्तिको प्रतिशत बढाउने काम अगाडि बढेको जवाफमा समेटिएको छ । इतिहासमै पहिलो पल्ट, स्वास्थ्य पूर्वाधारका क्षेत्रमा नयाँ टर्निङ प्वाइन्ट कायम हुने गरी, यही २०७७ मङ्सिर १५ गते देशका ३९६ पालिकाहरूमा ५ देखि १५ शैयासम्मका नयाँ अस्पतालहरूको एकैसाथ शिलान्यास गरिने कुरा सरकारको उपलब्धिमा भनिएको छ ।

ओलीले सुन तस्करीको लाइन तहसनहस पारेको जिकिर गरेका छन् । “जंगल र मझेरीमा लुकाएर राखेको सुन पक्रिएको बताएका छन् । “सरकारी सम्पत्ति फिर्ता ल्याउने अभियान अन्तर्गत सिरहाको २१ विघा, सर्लाहीको २३४ विघा, बर्दियाको ४६ विघा, माथिल्लो त्रिशुली–एक जलविद्युत परियोजनाको पहुँच मार्गका लागि नक्कली मोही खडा गरी कब्जा गरिएको ११० रोपनी जग्गा फिर्ता यस सन्दर्भका प्रतिनिधिमूलक कार्बाही हुन् । बालुवाटारस्थित बहुचर्चित ललिता निवासको १३६ रोपनी जग्गाको जालसाजीविरुद्ध मैले छानविन समिति बनाएँ,  समितिको प्रतिवेदन अनुसार कार्बाहीका लागि अख्तियारमा पठाएँ र आज कार्बाही प्रक्रिया अगाडि बढेको छ । पूर्वाग्रहबाट प्रेरित तपाईँको ध्यान यी उपलब्धितिर किन गइरहेको छैन ?,” उनी भन्छन्  ।

प्रचण्डले नवउदारवाद बुझेका छैनन् 
ओलीले प्रचण्डले नवउदारवाद शाब्दिक अर्थ नै नबुझेको बताएका छन् । “वर्तमान सरकारमाथि तपाईंको ‘नवउदारवादी’ आरोप सुन्दा मैले भन्नै पर्छ–  या त तपाईंले नवउदारवाद के हो, बुझ्नु भएको छैन । या त तपाईं देशभित्र भइरहेका यी कामहरूलाई देख्न चाहनु भएको छैन ।”
प्रचण्डले ओलीलाई नवउदारवादीको आरोप लगाउँदै कम्युनिस्ट नभएको अर्थ्याउन खोजेका थिए ।  “उहाँ (प्रचण्ड) न कहिल्यै समाजवादको कुरा गर्नुहुन्छ न समाजवाद उन्मुख जनताको जनवादको न कहिल्यै समाजवादी आर्थिक, राजनैतिक, सांस्कृति नीति बारे चर्चा गर्नुहुन्छ, न सरकारका तर्फबाट समाजवाद उन्मुख कुनै ठोस कार्यक्रम अगाडि सार्नु भएको छ । व्यवहारतः उहाँले दलाल र नोकरशाही पूँजीवादलाई प्रोत्साहित गर्ने नव–उदारवादी पूँजीवादलाई नै पच्छ्याइरहनु भएको छ । उहाँले पार्टी, विचार, नीति र योजनाको होइन बरु प्रतिष्ठानका नाममा आफ्नो गुटलाई पुरानै रुप र मान्यता अनुसार सक्रिय पारी एकताको मर्ममाथि प्रहार गरिरहनुभएको छ,” प्रचण्डको आरोप थियो । ओलीले त्यसको जफावमा लेखेका छन्, “कमरेड ! सबै कुरा बजारको जिम्मा छाडिदिने, ठूला पुँजीपतिको संरक्षण गर्दै जनताप्रतिको जिम्मेवारी र सामाजिक उत्तरदायित्वबाट राज्य पञ्छिने एवं चरम व्यक्तिवादलाई प्रोत्साहन गर्ने नवउदारवाद र हामीले लिइरहेका यो बाटो कहाँनिर भेट हुन्छ ? के यी सबै काम ‘नवउदारवादी’ र ‘दलाल पुँजीवादी’ राज्यसत्ता अन्तरगत संभव छ ? के यी विषयहरू हाम्रो राजनीतिक कार्यक्रम र घोषणापत्रको मार्गदर्शनमा गरिएका र तिनको कार्यान्वयनको दिशामा अगाडि बढेका विषय होइनन् ?”
ओलीले समाजवाद गीत गाउने विषय होइन, निर्माण गर्ने विषय भएको पनि भन्न छुटाएका छैनन् । त्यस्तै ओलीले प्रचण्डलाई बाहिर बाहिर ‘दलाल पुँजीवाद’ को चर्को विरोध गर्ने, भित्रभित्र आफूमाथि ‘लगानी’ गर्ने व्यवसायीको संरक्षण गर्ने चरित्रका रूपमा पनि आरोपित गरेका छन् ।
“ बाहिर बाहिर ‘दलाल पुँजीवाद’ को चर्को विरोध गर्ने, तर भित्रभित्र आफूमाथि ‘लगानी’ गर्ने व्यवसायीको संरक्षणका लागि अनेकौँ दबाब दिने, अवैध स्रोतबाट भित्रिन खोज्ने रकमलाई सहजीकरणका लागि लबिङ गर्ने र मन नपरेका लगानीकर्ता या व्यवसायीलाई ‘दलाल पुँजीवादी’ आरोप लगाउँदै हतोत्साही गर्ने तरिकाले यो लडाइँ जितिँदैन । विकृति विरुद्धका हाम्रा लडाइँहरू कानुनसम्मत भएनन् भने तिनीहरू सफल हुँदैनन् । हामी स्पष्ट हुनुपर्छ, हामीले ‘पुलिस राज’ होइन, कानुनी राज निर्माण गर्न खोजेका हौं,” उनी भन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  ०५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC