site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 भावनात्मकरुपमा विभाजन भयौं : ओली
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले भावनात्मकरुपमा विभाजित अवस्थामा पुगेको बताएका छन् । शनिबार बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

“मेरो आग्रह छ– पार्टीभित्रका सहज बहसलाई स्वस्थ र मर्यादित बनाउन योगदान गर्नुहोस्, कटुता, विद्वेष र विग्रहको बाटोमा नहिँडाउनु होस् । पार्टी एकतालाई बलियो बनाउनु होस्, विभाजन र विखण्डनको बिऊ नरोप्नुहोस् । यसो सम्झिनु होस् त, हिजो हामी दुई अलग–अलग पार्टीका रुपमा चुनावी मैदानमा थियौँ, तर दुबैका सकारात्मक पक्षको चर्चा गर्ने गरिएकाले हामी भावनात्मक रुपमा एउटै पार्टी जस्तो भएका थियौँ । आज हामी एउटै पार्टीका रुपमा छौँ, तर खालि नकारात्मक कुरा मात्रै गर्छौँ । परिणाम ? आज कानुनी हिसाबले पार्टी एक भए पनि भावनात्मक रुपमा विभाजित भएका छौँ। यसलाई अन्त्य गर्ने बेला भएन ?,” ओलीले भनेका छन्, “भनिन्छ, इतिहास दुई चोटी दोहोरिन्छ– पहिलो चोटी दुखान्तका रुपमा, अर्को पल्ट प्रहसनका रुपमा । दुखान्तका रुपमा त इतिहास दोहोरिइनै सकेको छ, के तपाइं अर्को प्रहसनको पर्खाइमा हो ?”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  ०५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC