site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दुई करोड ५० लाख मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

झापा । झापाको कमल गाउँपालिका–६ स्थित वर्कफर नेपालले झापा र मोरङका विभिन्न सरकारी तथा सामुदायिक अस्पताललाई करिब रु दुई करोड ५० लाख मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
    
झापाको मेची अञ्चल अस्पताल, दमकको आम्दा अस्पताल, मोरङको विराटनगरस्थित कोशी अस्पतालसहित प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको स्तरवृद्धिका लागि रु दुई करोड ५० लाख मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरिएको संस्थाका अध्यक्ष तिलचन्द्र अधिकारीले बताए । 

संस्थाले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्पिङ हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्ट नेपालको सहकार्यमा गत दुई वर्षको अवधिमा ती अस्पताल सामग्री प्रदान गरेका हुन् । परियोजनामार्फत अस्पतालको स्तरोन्नतिका लागि यस वर्ष नै थप रु दुई करोड मूल्य बराबरको अस्पतालजन्य उपकरण वितरण गरिने योजना रहेको सो संस्थाले जनाएको छ । संस्थाले गरिबी निवारणका लागि समुदायमा स्वच्छ खानेपानीको उपलब्धता, स्वास्थ्य, शिक्षा, सीपसम्बन्धी सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । विसं २०१८ देखि शुरु भएको परियोजना पाँच वर्षसम्म सञ्चालन हुनेछ । 

परियोजनाअन्तर्गत जिल्लाका विभिन्न १६ वटा विभिन्न सामुदायिक विद्यालयसहित कमल गाउँपालिकाको कार्यालयमा स्वच्छ खानेपानी उपलब्ध गराउने कार्य सम्पन्न गरेको संस्थाका कोषाध्यक्ष दिनेश संग्रौलाले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  ०४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC