site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रिसभा अध्यक्ष र प्रतिनिधिसभाका सभामुखको निर्देशन- नीति निर्माणमा ध्यान दिऔं
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघ र प्रदेशका जनप्रतिनिधिहरुलाई बजेट बाँडफाँडभन्दा पनि नीति निर्माणमा ध्यान दिन आग्रह गरेका छन् ।

संघीय संसद्‌को राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधिसभा र प्रदेश सभाका सभामुख उपसभामुखहरुको भेलामा उनले यस्तो आग्रह गरेका हुन् । संसद्‌ प्रभावकारी हुनलाई धेरै बजेट र विकासे योजनाहरु आवश्यक नपर्ने उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले सांसदहरुको काम नीति निर्माण गर्ने मात्रै भएर स्मरण गराए । संसद्‌मा आएका विधेयकहरुलाई परिमार्जन गरी कति राम्रो बनाउन सकिन्छ भन्नेमा सबैको ध्यान हुनुपर्ने उनले बताए । उनले नीति निर्माण गर्ने कुरामा कति समय दिनुहुन्छ भन्दै प्रश्नसमेत गरे । ‘‘हामी प्रभावकारी हुनलाई पैसा धेरै चाहिने होइन । सांसदको काम नीति निर्माण गर्ने कुरा मात्रै हो । संघ प्रदेश जहाँसुकै भए पनि नीति निर्माण गर्ने कुरामा कति समय दिनुहुन्छ ? त्यहाँ (संसद) मा आएको विधेयकलाई कति परिमार्जन गर्न सकिन्छ । कति राम्रो बनाउन सकिन्छ भन्ने हो,’’ उनले भने, ‘‘अरु योजनाहरु आफूले आफैंलाई पारौँ भन्नेभन्दा सरकार मन्त्रालयसँग प्रस्ताव गर्ने र जिल्ला नगरमा योजना लैजाने हो ।’’

Agni Group

ऐन निर्माणमा सघाउँछौं : सापकोटा
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् र स्थानीय तहमा विस्तृत ऐन निर्माण भए पनि प्रदेशमा अझै निर्माण नभएको तर्फ ध्यानाकर्षण भएको बताए । प्रदेशमा पछि जतिसक्दो चाँडो विस्तृत ऐन निर्माणका लागि आफूहरुले सहयोग गर्ने उनले बताए । 

कतिपय कानुन संघमा बनेपछि प्रदेशमा बन्नुपर्ने भए पनि त्यसो हुन नसकेको उनको भनाइ छ । संघका तर्फबाट बन्नुपर्ने कानुन निर्माणमा गम्भीरतापूर्वक छलफल जारी रहेको उल्लेख गर्दै उनले जतिसक्दो चाँडो निर्माण गर्ने प्रतिबद्धता पनि जनाए ।

Global Ime bank

संघीय राजधानीमा दुईदिनसम्म चलेको भेलाले प्रदेशसभा सेवा समूह गठन गर्न पहल गर्ने निर्णय गरेको छ । प्रदेशसभाप्रति उत्तरदायी र जवाफदेही हुने गरी कर्मचारीको व्यवस्था गर्न सेवा सुविधा र सर्तसम्बन्धी छुट्टै कानुनी व्यवस्था गरी प्रदेशसभा समूह गठनका लागि आवश्यक पहलको निर्णय भएको हो ।

संघीय संसद् र प्रदेश सभाका लागि आवश्यक बजेट त्यहीँबाट तर्जुमा गरी वार्षिक बजेटमा समावेश गर्ने निर्णय भेलाले गरेको छ । कोभिड-१९ कै बीचमा संघीय संसद् र प्रदेशसभा सञ्चालन गर्नुपर्ने अवस्था देखिएकाले स्वास्थ्य मापदण्ड अपनाएर जनतचेतना अभिवृद्धिमा नेतृत्वदायी भूमिका खेल्ने निर्णय पनि गरिएको छ ।

संघीय संसद सचिवालयद्वारा आयोजित ‘संघीय संसद र प्रदेशसभा सञ्चालन अनुभव आदान-प्रदान एवं अन्तर्क्रिया कार्यक्रम’ को निष्कर्षको पूर्णपाठ :
प्रतिनिधि सभाका सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, राष्ट्रिय सभाका माननीय उपाध्यक्ष शशिकला दहाल र प्रदेश सभाका माननीय सभामुख र माननीय उपसभामुखहरुबीच संघीय संसद सचिवालयको आयोजनामा मिति २०७७ मंसिर १२ र १३ गते संघीय संसद भवन काठमाडौैंमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । यसअघि चन्द्रागिरी, सौराहा र पोखरामा सम्पन्न अन्तरक्रिया कार्यक्रमका निष्कर्षहरुको समिक्षा, आपसी समन्वय र सहकार्य लगायतका विषयमा भएको दुई दिने छलफल पश्चात् हामी निम्नानुसारको निष्कर्षमा पुगेका छौँ :

१‍. संघीय संसद र प्रदेश सभा अनुभव आदान प्रदान कार्यक्रम, सभाहरुबीच पारस्परिक सिकाइ, साझा सवालहरुको पहिचान, सभाका कामकारवाहीहरुलाई थप प्रभावकारी र रचनात्मक बनाउन महत्वपूर्ण रहिआएको तथ्य आत्मसात गर्दै यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिने ।

२. संघीय संसद र प्रदेश सभालाई जीवन्त र जनमुखी बनाउन आ–आफ्नो स्थानबाट थप रचनात्मक र प्रभावकारी भूमिका खेल्ने । 
३. संविधानमा उल्लिखित संघ, प्रदेश र स्थानीय तहका  साझा अधिकारका विषय र प्रदेश तथा स्थानीय तहको कानून निर्माणका लागि आवश्यक रहेका संघीय कानूनहरु निर्माण गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने । 
४. संघीय संसद र प्रदेश सभाबाट निर्माण भएका कानुनहरुको कार्यान्वयनको वारेमा अध्ययन अनुसन्धान गर्नुका साथै आपसमा सहयोग, समन्वय र अन्तरक्रिया गर्ने परिपाटीलाई थप प्रभावकारी बनाउने । 
५. संघीय संसद र प्रदेश सभा सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रम संघीय संसद र प्रदेश सभाहरुबाटै तर्जुमा गरी वार्षिक बजेटमा समावेश गर्ने व्यवस्था गर्न पहल गर्ने ।
६. संघीय संसद र प्रदेश सभाका माननीय सदस्यहरु र कर्मचारीहरुको क्षमता अभिवृद्धि, अनुभव आदान प्रदान र अध्ययन भ्रमण जस्ता कामलाई  प्रोत्साहित गर्ने ।
७. प्रदेश सभाप्रति जवाफदेही र उत्तरदायी हुने गरी कर्मचारीको व्यवस्था गर्न सेवा सुविधा-सर्तसम्बन्धी छुट्टै कानूनी व्यवस्था गरी प्रदेश सभा सेवा समुह गठनका लागि आवश्यक पहल गर्ने । 
८. कोभिड १९ को महामारीका बीचमा संघीय संसद र प्रदेश सभा संचालन गर्नुपर्ने अवस्था आएकोले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै सभा संचालन गर्न र कोभिड १९ सम्बन्धी जनचेतनाका लागि नेतृत्वदायी भूमिका खेल्ने ।
९. संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकास, विस्तार र सुदृढिकरण गर्दै विकास र सम्वृद्धिको प्रतिफल जनस्तरमा पुर्‍याउन राज्यका सबै संरचनाहरुबीच उचित समन्वय, सहकार्य र आम जनसमुदायको ऐक्यवद्धता आवश्यक छ । लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हो भन्ने मान्यतालाई आत्मसात गर्दै लोकतान्त्रिक मुल्य मान्यतालाई जीवन पद्धतिका रुपमा थप सुदृढ गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दछौं ।    
अन्त्यमा, कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक व्यवस्थापन गर्ने संघीय संसद सचिवालय र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्दछौं । 
संघीय संसद        सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा
        सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिना
        माननीय उपाध्यक्ष शशिकला दहाल
प्रदेश नं. १         माननीय सभामुख प्रदीपकुमार भण्डारी 
        माननीय उप-सभामुख सरस्वती पोखरेल
प्रदेश नं. २         माननीय सभामुख सरोजकुमार यादव
        माननीय उप-सभामुख उपमाकुमारी देव 
वाग्मती प्रदेश     माननीय सभामुख सानुकुमार श्रेष्ठ
        माननीय उप-सभामुख राधिका तामाङ
गण्डकी प्रदेश        माननीय सभामुख नेत्रनाथ अधिकारी 
         माननीय उप-सभामुख सृजना शर्मा
लुम्बिनी प्रदेश          माननीय सभामुख पूर्णबहादुर घर्ती
         माननीय उप-सभामुख कृष्णी थारु
कर्णाली प्रदेश         माननीय सभामुख राजबहादुर शाही
              माननीय उप-सभामुख पुष्पा घर्ती विष्ट
सुदूरपश्चिम प्रदेश   माननीय सभामुख अर्जुनबहादुर थापा
         माननीय उप-सभामुख निर्मला बडाल जोशी
मिति : १३ मंसिर, २०७७

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC